२५ करोडको ‘सिने रोयल’मा एकैदिन २५ सय दर्शक


नेपालगन्जमा विहीवारबाट सिने रोयलले आफ्नो सफ्ट लन्चिङ्ग गरेको छ । पहिलो दिननै २५ सयबढी दर्शक आमन्त्रित गरिएको जानकारी दिंदै व्यवस्थापनले सबै क्षेत्रका दर्शकले मनोरञ्जन लिएको जनाएको छ ।


विहीवार ‘सफ्ट लन्च’ गरिएको सिनेरोयलमा शुक्रवारबाट दर्शकका लागि खुला गरिएको छ । त्यसका लागि विहीवारदेखिनै टिकट बुकिङ्ग खुला गरिएको सिनेरोयलले जनाएको छ ।


नेपालकै पहिलो ‘थ्री वे डल्बी एटमस साउण्ड सिस्टम’ र ‘फोर के लेजर प्रोजेक्टर’ प्रोजेक्सनमा आधारित ३ वटा स्क्रिनसहितको मल्टिप्लेक्स सिनेरोयलका लागि डा. राहुल थापाले २५ करोड लगानी गरेका छन् ।


सिनेरोयललाई प्रवन्ध निर्देशक डा. थापाले नेपालगन्जको विकासमा महत्वपूर्ण आधारका रुपमा अर्थाएका छन् । डा थापा भन्छन्, ‘विरामी भएपछि अस्पताल जाने हो, विरामी नहुनलाई सिनेरोयल आउने हो ।’ डा. थापा सिनेरोललाई ‘रिक्रियशन सेन्टर र रिफ्रेसमेन्ट सेन्टरका रुपमा विश्लेषण गर्दै भने, ‘जीवनलाई तनावमुक्त बनाउन सकियो भने मानिस विरामी कम हुन्छ ।’


यसले नेपालका सिनेमा घरहरूप्रतिको वर्तमान धारणालाई परिवर्तन गर्ने विश्वास लगानीकर्ताको छ । सिनेरोयलका प्रवन्ध निर्देशक डा. थापाका अनुसार, अत्याधुनिक प्रविधि, आलीशान सिटिङ, इमर्सिभ साउण्ड र भव्य वातावरणका कारण सिनेरोयलले नेपालमा सिनेमा थिएटरका लागि अभूतपूर्व बेन्चमार्क स्थापित गरेको छ ।


३ ओटा आडिटोरियममा ५६० सीटहरूको साथ, सिनेरोयल आधुनिक कला डेको डिजाइनको उत्कृष्ट बेजोड नमुना पस्किएको हे । अत्याधुनिक प्रविधि र परिष्कृत आरामदायी अनुभव प्रदान गर्दै राष्ट्रिय गौरवको परियोजना निर्माण गर्दै नेपाललाई आधुनिक सिनेमा थिएटरको लक्जरीपूर्ण अनुभव अन्तर्राष्ट्रिय मानचित्रमा ल्याएको छ ।

गतिशील, दूरदर्शी र प्रेरणादायी युवा डा. राहुल थापाको वर्षौंको अनुसन्धान र मेहनतको परिणामको रुपमा यो रंगमञ्चलाई लिन सकिन्छ । व्यवस्थापनका अनुसार, संयुक्त राज्य अमेरिकाबाट आयातित सबै अडिटोरियममा नेपालकै पहिलो जेबीएल एटमोस साउण्ड सिस्टम रहेको छ ।


सबै अडिटोरियमहरूमा प्रक्षेपण प्रणाली बेल्जियमबाट २०,००० लुमेन्स बारको प्रोजेक्टरहरू ग्यालालाइट मिराज ३.२ थ्री डी प्रिजम सिल्भर स्क्रिन र हङकङबाट ३ बीम गेट–डी थ्री डी प्रणालीको साथ छन्, जसले एक उत्कृष्ट गुणस्तरको पिक्चर र रंग संयोजन प्रदान गर्दछ । नेपालमै पहिलो पटक मलेसियाबाट आएको स्पेक्ट्रम सिटिङसँगै सिटिङ कम्फर्टलाई प्राथमिकता दिइएको जनाएको छ ।


थिएटरले आफ्ना सबै थिएटरहरूमा रिक्लाइनर, लाउन्जर र स्लाइडर सीटहरूको आरामदायी मिश्रण प्रदान गर्दछ । यहाँ उपलब्ध स्वादिलो खाना अमेरिका देखि भित्रयाइएका अग्रेणी टेक्नोलोजीबाट निर्मित एक पूर्ण बिजुली पर्यावरण–अनुकूल भान्सामा, घरमा जस्तै तयार हुन्छ ।


जुन निकै नै फ्रेश तथा स्वादिलो रहेको छ । सिनेरोयलले अत्याधुनिक अग्नि सुरक्षा प्रणाली र पूर्ण रूपमा अग्नि–प्रतिरोधी अडिटोरियमहरूको साथ सबै अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डहरू पालना गर्दछ । थिएटरले नेपालको पहिलो स्वचालित जीडीसी थिएटर व्यवस्थापन प्रणाली पनि प्रयोग गर्दछ जसले मल्टिप्लेक्समा केन्द्रीकृत नियन्त्रण सुनिश्चित गर्दछ ।


सिनेमा अनुभवको पुनरुत्थानको प्रतिज्ञा गर्दै, सिनेरोयलले वास्तवमै देशको चलचित्र प्रदर्शनी उद्योगमा एक नयाँ बेन्चमार्क सेट गरेको छ, जसले चलचित्र दर्शकहरूलाई उनीहरूले कहिल्यै नबिर्सने अनुभवको आभाष छोडेका छन् ।


‘सिनेरोयलको उद्देश्य भारतका चलचित्र प्रेमीहरूलाई पनि आकर्षित गर्नु हो र यसले निश्चित रूपमा पर्यटनमा योगदान पु¥याउनेछ, जहाँ सीमा पार बस्ने चलचित्र प्रेमीहरू समेत यस असाधारण चलचित्र अवलोकन यात्राको एक हिस्सा हुने हाम्रो बिश्वास रहेको छ,’ सिनेरोयलले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।


सिनेरोयल उद्घाटनमा प्रतिनिधि सभा सदस्य डा. धवल शम्शेर राणा, नेकपा एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपति, सिनेमा हल निर्माणका टिम लिडर किरण ढकाललगायतले बोलेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया