अस्पतालमा कुटपिट, स्वास्थ्यकर्मी असुरक्षित (तस्विर सहित)

भेरी अस्पतालमा स्वास्थकर्मीमाथि कुटपिट भएको छ । बिरामीका आफन्तले गम्भीर अवस्थाका विरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी माथि आफन्तले एक्कासी कुटपिट गरेका हुन् । पश्चिम नेपालमैं सबैभन्दा बढी कोराना बिरामी उपचार गरिरहेको भेरी अस्पतालमा यसरी स्वास्थ्यकर्मी आक्रमणमा परेको पहिलो घटना होइन ।


घटनाका प्रत्यक्षदर्शीका अनुसार, भेन्टिलेटरमा उपचार गराइरहेका एकजना बिरामीको ज्यान गएपछि आक्रोशित तीन जनाको समूहले आइसियुमैं छिरेर ड्यूटिमा रहेकी नर्सिंग स्टाफमाथि आक्रमण गरेको हो ।


घटनापछि सबै चिकित्सक, सुरक्षा माग्दै स्वास्थकर्मी आन्दोलित छन् । प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम राना सहितको टोलीसँग अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, अस्पताल प्रमुख डा. प्रकाश थापा सहितका अस्पताल कर्मचारीहरुको छलफल चलिरहेको छ ।

स्वास्थ्यकर्मीहरुले ज्यान जोखिममा राखेर ज्यान जोगाउन खटिएका स्वास्थ्यकर्मीमाथिजको श्रृंखलाबद्ध दुव्र्यबहार नरोकिंदासम्म काम गर्ने वाताबरण नरहेको गुनासो गरेका छन् । छलफलमा सहभागी सुरक्षा अधिकारीहरुसँग उनीहरुले स्वास्थ्ज्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई कारबाहीको प्रतिबद्धता माग गरेका छन् । स्वास्थ्यकर्मीमाथि नै आक्रमण भएपछि विरामी तथा कुरुवाहरुमैं सन्त्रास फैलिएको प्रत्यक्षदर्शीले बताए । केहीबेरमैं पुगेको प्रहरीले अवस्थालाई साम्य पारेको थियो । त्यसलगत्तै स्वास्थ्यकर्मीहरु भेला भएर काम गर्ने वातावरण बनाउन माग गरेका हुन् ।

खासगरि, उपचारका क्रममा बिरामीको ज्यान गएपछि आक्रोशित आफन्तले स्वास्थ्यकर्मीमाथि विभिन्न आरोप लगाउँदै आक्रमण गर्ने गरेको गुनासो बढेपछि भेरी अस्पतालमा प्रहरी खटाइएको थियो । यद्धपि, विहीवार भने आइसियुमैं पुगेर नर्समाथि आक्रमण भएको हो । नर्सको घाँटी थिचेर मार्ने प्रयास भएको आरोप स्वास्थ्यकर्मीले लगाएका छन् । बिरामीको ज्यान लिने भए १० दिनदेखि किन उपचारमा ज्यान लगाइन्थ्यो ? आक्रोशित स्वास्थ्यकर्मीले भने ।
(सबै तस्विरः विमल चन्द)

प्रतिक्रिया

प्रतिक्रिया