विद्यार्थी–सांसद अन्तर्क्रिया

लुम्बिनी प्रदेश सामानुपातिक सांसद अम्बिका काफ्ले र ब्रीटिस ईंग्लिश  स्कुल माबिका विद्यार्थीहरुले संघीयता बारेमा छलफल गरेका छन् ।

राजनीतिक दल भनेको के हो ? संघीयता के हो ?  संघीय र प्रदेश सरकारका काम कर्तव्य के के हुन ? बजेट भनेको के हो ?  संघीयताका फाईदा र बेफाइदाको बारेमा छलफल गरेका हुन्। विद्यार्थीहरुले निकै उत्सुकतापुर्बक सुनिरहेका थिए ।

विद्यार्थीको कौतुहल्ता मेट्ने र प्रदेश र संघको बारेमा जानकारी दिलाउन माननीयलाई बिधालयमा बोलाएको प्रधानाध्यापक हेमन्तराज काफ्लेले बताए ।

विद्यार्थीहरुले पनि आफ्नो देश आफ्नो भूगोल , आफ्ना प्रदेश सांसदको बारेमा बुझ्नु पर्छ र यसरी विद्यार्थीलाई प्रत्येक्ष भेटेर आफ्नै काम कर्तव्यका बारेमा सिकाउन पाउँदा आनन्द लागेको सांसद अम्बिका काफ्लेले बताईन ।

कक्षा १० कि सिमरन पौडेलले आफुनो प्रदेश र संघको काम कर्तव्यको बारेमा लागेको खुल्दुली मेटिएको र संघीयताका फाईदा बेफाइदा र बजेट के हो कसरी बनाईन्छ, मुख्य मन्त्री कसरी छानिन्छ  मन्त्रीहरु को काम कर्तब्यको बारेमा सिक्न पाईएको बताईन र कक्षा १० कै रमेश ओलिले आफुले प्रदेशको काम कर्तव्य र संघीय सरकारको बारेमा जानकारी भएको बताए ।

 यस्तो सांसद सङ्गै प्रत्येक्ष भेटाएर विद्यार्थीहरुको जागेका अनेकौ प्रश्नहरु दुर हुने र विद्यार्थीलाई प्रेरणा मिल्ने प्र अ काफ्लेले जानकारी दिए

प्रतिक्रिया

प्रतिक्रिया