नेपालगन्ज : सरकारले हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले प्रतिबन्ध लगाएपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट बाँकेमा कार्यकर्ताहरु अलग रहन थालेका छन् । उनीहरुले पार्टी परित्याग गर्दै स्थानीय प्रशासन समक्षनै ‘विप्लवमा संलग्न नरहने लिखित प्रतिबद्धता’ जनाएका हुन् ।
‘प्रतिवन्ध पछि ६ जनाले आत्मसमर्पण गरिसकेका छन्,’ बाँकेमा विप्लवको उपस्थिति निष्प्रभावी रहेको दावी गर्दै स्थानीय प्रशासनले हिंसात्मक गतिविधिमा लाग्नेहरुको खोजी भइरहेको जनाएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले शुक्रवारबात्रै ‘विप्लव समूहमा न्याय विभाग हेर्ने एक जना पूर्व लडाकुले आत्मसमर्पण गरेको’ जानकारी दिंदै भने, ‘विभिन्न विभागीय प्रमुखको जिम्मेवारी लिएका देखि सल्लाहकारसम्मको हैसियतमा रहेकाहरुले आत्मसमर्पण गरेका छन् ।’