बर्दियाको गुलरियामा आजदेखि महोत्सव सुरु

भावुक योगी

बर्दियाको सदरमुकाम गुलरियामा आजदेखि प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सुरु भएको छ । आजदेखि पौष १६ गतेसम्मका संचालन हुने महोत्सवको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले आज उदघाटन गर्नु भएको हो ।

महोत्सव उदघाटन कार्यक्रममा स्थानिय उत्पादनलाई जोड दिनुपर्ने र त्यसका लागि आफुले सक्दो सहयोग गर्ने लुम्बीनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रतिवद्धता जनाउनु भएको छ ।

महोसत्वमा प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले उदघाटन गर्दै कृषि उत्पादनका कुराहरुलाई योजना बनाएर ल्याएमा आफु प्रदेशका तर्फबाट सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाउनु भएको हो ।

बर्दिया जिल्ला कृषि उत्पादन, पर्यटन, संस्कृति लगायत सबै पक्षका लागि उत्पादनको संभावना रहेको बताउनुभयो । उहाँले स्थानिय उत्पादनलाई स्थानिय स्तरमा नै उपभोग गरि मासिक ३० देखि ४० हजार रुपैयाँ आयआर्जन गर्नका लागि उत्पादनमुखि कार्यमा लाग्नका लागि योजना बनाउनुपर्ने बताउनुभयो । स्थानीय थारु र मगर समुदायले उत्पादन गर्ने मदिरालाई बजारिकरण गर्दै बाहिरबाट आयातित मदिरा विस्थापित गर्ने अभियानमा प्रदेश सरकारले योजना बनाइरहेको समेत मुख्यमन्त्री चौधरीले बताउनुभयो ।

यस्तै गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले संघ र प्रदेशको बजेट जिल्लाको सदरमुकाम भएको पालिकामा कम पर्दा विकास निर्माणका काम गर्न असहज भएको बताउँदै प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा सांसद समक्ष विकास निर्माणका लागि प्रयाप्त बजेट राखिदिन माग गर्नुभयो ।

आज उदघाटन समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री सहित संघिय सांसद एवं पुर्व सिँचाइ मन्त्री सञ्जय कुमार गा‌तम, लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री धर्म चौधरी, प्रदेश सांसद जन्मजय तिमिल्सिना, राजकुमार चा‌ैधरी, कृष्णा कुष्मा थारु, भुवनेश्वर थारु, गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, उपमेयर सावित्रा गौतम लगायतको सहभागीता रहेको आयोजकले जनाएको छ ।

बर्दियाको गुलरियामा आज शुक्रबारदेखि प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव सुरु भएको र पौष १६ गतेसम्म संचालन हुने मुख्य आयोजक उद्योग बाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डे मंगलले जानकारी दिनुभयो । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने उहाँले बताउनुभयो ।

समृद्ध बर्दियाको प्रमुख आधार, कृषि पर्यटन, उद्योग संस्कृति र पूर्वाधार भन्ने नारासहित प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०८० भब्य रुपमा सफल बनाउन आयोजकले सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा आमन्त्रण गर्दै राष्ट्रिय तथा
स्थानीय कलाकारहरुका विभिन्न साँस्कृतिक नाचगानसंगै वालवालिका तथा युवायुवतीका लागि विविध आकर्षक रमाइला खेलहरु पनि महोत्सव स्थल भित्र रहेको जनाएको छ ।

हाम्रो बर्दिया, राम्रो बर्दिया प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव हेर्न बर्दियाको सदरमुकाम गुलरिया जाउँ भन्ने सन्देशका साथ महोत्सव स्थल भित्रै थारु गाउँको खाजा घरमा थारु परिकारसंगै विभिन्न जातजातिका विभिन्न परिकार खान पाइने, स्थानीय उत्पादनको प्रदर्शनी, स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुर्याउन स्थानीय उत्पादनहरुका स्टल पनि रहेका छन् ।

महोत्सवमा जाऔं, राष्ट्रिय तथा स्थानीय कलाकारहरुसंग रमाऔं नारासहित स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुतीसंगै सांस्कृतिक प्रतियोगिता तथा विद्यालय स्तरिय नृत्य प्रतियोगिता हुने जनाइएको छ ।

महोत्सव बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका ८ कोठिया गाउँ नजिक ९निलो आयल पेट्रोल पम्मको पुर्व पट्टि० संचालन भइरहेको छ । महोत्सवको दोस्रो दिन पौष ७ गते प्रिति आले, सुनिल पण्डित, अन्जु कुश्मी, अस्मिता पुरी लगायतका कलाकारहरुको प्रस्तुति रहेने आयोजकले जनाएको छ ।

यस्तै ८ गते सुप्रीम मल्ल, सोनु कुस्मी, कमल विसि, ९ गते एलिना चौहान, रामजी खाड, दर्पण कुस्मी, १० गते शान्ती श्री परियार, श्रीनिवास चौधरी, ११ गते प्रमोद खरेल, अन्जली अधिकारी, राज कुस्मी लगायतका कलाकारहरु आउने जनाइएको छ ।

यसैगरी १२ गते चक्र बम, अन्जु कुस्मी, टीका जैसी, १३ गते रमेशराज भट्टराई, ज्योति मगर, १४ गते प्रीति पास्वान, आरके थारु, एन्जिला रेग्मी, १५ गते पल शाह, पुर्णकला विसि, काजिस श्रेष्ठ, १६ गते अनु चौधरी, दिनेश काफ्ले, कोस खड्का, विष्णु थापा लगायतका कलाकारहरूको प्रस्तुति रहेने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया