जबरजस्ती करणीको तीन वर्षपछि प्रहरी फन्दा

तीन वर्षअघि जबरजस्ती करणी गरी फरार रहेका एक व्यक्तिलाई बाँके प्रहरीले पक्राउ गरेको जनाएको छ ।


बाँके प्रहरी प्रवक्ता प्रहरी नायक उपरीक्षक नारायण डाँगीले राप्तीसोनारी गाउँपालिका –५, बाँकेका ३९ वर्षीय जन्जिर थारुलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा इलाका प्रहरी कार्यालय बैजापुरबाट खटिएको प्रहरी टोलीले शुक्रवार पक्राउ गरेको जानकारी दिए ।

उनका अनुसार, थारु जबरजस्ती करणी गरी तीन वर्षदेखि फरार रहेका अभियुक्त हुन् ।
प्रहरीका अनुसार, थारुले २०७७ माघ १० गते राजापुर नगरपालिका १५, बर्दिया घर भई नेपालगन्ज उपमहानगरपालिका –६ मा डेरागरी बस्ने ४५ वर्षीय एक महिलालाई जबरजस्ती करणी गरी फरार थिए ।


प्रनाउ डाँगीले पक्राउ परेका थारुलाई आइतबार आवश्यक कारबाहीका लागि बाँके जिल्ला अदालतमा बुझाइएको जानकारी दिदै फरार अभियुक्तको खोजीमा बाँके प्रहरी सक्रिय रहेको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया