प्रधानसम्पादक गैरेलाई ‘नाइस अवार्ड–२०२३’

सामाजिक क्षेत्रमा गरेको योगदानलाई कदर गर्दै प्रदान गरिंदै आएको ‘नाइस अवार्डको तेस्रो संस्करण दैनिक नेपालगन्जका प्रकाशक/प्रधानसम्पादक पत्रकार झलक गैरेलाई प्रदान गरिएको छ ।


नाइस नेपालगन्जले आफ्नोे बार्षिकोत्सबमा प्रदान गर्दै आएको अवार्डको तेस्रो संस्करण प्रधानसम्पादक गैरेलाई प्रदान गरिएको हो ।


मंगलवार औपचारिक कार्यक्रबीच कार्यक्रमका प्रमुख अतिथि, प्रतिनिधिसभा सदस्य डा. धवल शमशेर राणा, गैसस महासंघका केन्द्रीय सदस्यसमेत रहेका नाइस नेपालगन्जका संस्थापक अध्यक्ष नमस्कार शाह र आयोजक संस्थाका अध्यक्ष हेमराज भट्टले संयुक्त रुपमा अवार्ड प्रदान गरेका हुन् । नगद दश हजार सहितको अवार्ड प्रदान गरिएको नाइस नेपालगन्जले जनाएको छ ।


पत्रकारितामा निरन्तर रुपमा क्रियाशिल रहेर विकास र सकारात्मक पत्रकारितामा माध्यमबाट सामाजिक रुपान्तरणमा उल्लेखनीय योगदान पुर्याए बापत नाइस अवार्ड प्रदान गरि सम्मान गरिएको संस्थाका अध्यक्ष भट्टले जानकारी दिए ।


अवार्ड वितरण समारोहमा प्रमुख अतिथि, सांसद डा. धवल शम्शेर राणाले समाजमा राम्रो काम गरिरहेका ब्यक्तिहरुका लागि नाइस अवार्ड प्रेरणा भएको बताए । असल कार्य गर्ने र नेपालगन्जको विकास अभियानमा अग्रणी भूमिका खेलिरहेका पत्रकार गैरे सम्मानित भएकोमा ‘उत्कृष्ट व्यक्ति छनोट’ भएको प्रतिक्रिया दिए ।


गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य नमस्कार शाहले राम्रो काम गर्ने ब्यक्ति र राम्रा कामहरुको प्रोत्साहन गर्ने उद्धेश्यले स्थापना गरिएको नाइस अवार्डले उत्कृष्ट कार्य गरेको बताए । नाइसका संस्थापक अध्यक्ष शाहले पत्रकारिताको माध्यमबाट सामाजिक रुपान्तरणमा उत्कृष्ट काम गरेका ब्यक्तिलाई गरिएको सम्मानले राम्रा काम गर्ने ब्यक्तिहरुलाई हौसला थप्ने बताए ।


अवार्ड ग्रहण गर्दै पत्रकार गैरेले ग्रेटर सम्मानले थप जिम्मेवार बनाएको प्रतिक्रिया दिए । उनले पत्रकारिता समाजको ऐना मात्रै नभएर मार्ग निर्देशक भएको जनाए । विकास र सकारात्मक पत्रकारितामा लागि निरन्तर लागिरहेको उनको प्रतिबद्धता थियो ।


अवार्ड समारोहमा गैसस महासंघ बाँकेका अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिना, शिक्षाविद् किरण आचार्य, बास नेपालका कार्यवाहक केन्द्रीय अध्यक्ष शिव कुमार बर्मा लगायतले बोलेका थिए ।


नाइस नेपालगन्जका अध्यक्ष हेमराज भट्टको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव कमल शाहीले गरेका थिए भने सदस्य रबिन्द्र बोहराले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।


सरकारी निकाय, गैरसरकारी संस्था र युवाहरु गरी ७५ बढीको सहभागिता रहेको कार्यक्रममा नरैनापुर गाउँपालिका, राप्ती सोनारी गाँउपालिका, बास नेपाल, समर्थ ग्रुप अफ होटल्स एण्ड रिसोर्ट प्रा.लि., मलमपट्टी क्लिनिक्स नेपालगन्जले सहकार्य गरेको आयोजकले जनाएको छ ।

नाइस अवार्डको रकम पत्रकारको उपचारमा

नाइस अवार्ड २०२३ बाट सम्मानित पत्रकार झलक गैरेले पुरस्कारबाट प्राप्त सबै रकम नेपालगन्जका पत्रकारको स्वास्थ्य उपचारमा खर्च गर्ने घोषणा गरेका छन् ।


नाइस अवार्ड २०२३ ग्रहणका क्रममा पत्रकार गैरेले पुरस्कारबापतको सम्पूर्ण रकम एकजना पत्रकारको स्वास्थ्य उपचारमा खर्च गर्ने घोषणा गरेका हुन् । पत्रकार गैरेलाई अवार्डसँगै १० हजार रुपिया पुरस्कार प्रदान गरिएको थियो ।


कार्यक्रममा नाइस नेपालगन्जका संस्थापक अध्यक्ष नमस्कार शाहले आफ्नो जन्म दिनको अवसरमा ५ हजार रुपिया पत्रकार उपचारमा थप गर्ने घोषणा गरे । साउन २३ गतेनै जन्म दिन परेका संस्थापक अध्यक्ष शाहले कार्यक्रममा बोल्दै पत्रकार गैरेले सहयोग गरेको रकममा थपेर सहयोग गर्ने घोषणा गरेका हुन् ।


जन्म दिनमा युवालाई साइकल प्रदान
बास नेपालका कार्यकारी निर्देशक तथा नाइस नेपालगन्जमा संस्थापक अध्यक्ष नमस्कार शाहले जन्म दिनको अवसरमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० का १६ बर्षीय महेन्द्र ढुंगानालाई साइकल सहयोग गरेका छन् ।


बुवा जन्मजात दृष्टिबिहीन र आमा बौद्धिक अपांगता भएका कारण सानै उमेरमा सम्पूर्ण परिवारको जिम्मेवारी सम्हाल्दै आएका ढुंगानाको दैनिक आवतजावतमा सहजता होस भन्ने उद्धेश्यले उनलाई उक्त सहयोग प्रदान गरेका हुन् ।
सहयोग प्राप्त गर्ने ढुंगाना जय जनता माबि थपुवामा कक्षा १० मा अध्ययनरत छन् ।

सहयोग पश्चात ढुंगानाले साइकल नहुँदा घर देखि नेपालगन्ज सम्म पैदल आवत जावत गर्ने गरेको भन्दै साईकलले दैनिक कार्यमा ठुलो सहयोग पुग्ने बताए ।

संस्थापक अध्यक्षलाई सम्मान
नाइस नेपालगन्जले संस्थापक अध्यक्ष नमस्कार शाहलाई सम्मान गरेको छ । चौथो बार्षिकोत्सबको अवसरमा मंगलवार संस्था स्थापना देखि हालसम्म संस्थागत विकासमा पुर्याएको भएको योगदानको कदर गर्दै सम्मान पत्र र खादा ओढाएर सम्मान गरिएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया