जानकीका कोरीका चितवनमा मृत्यु

बाँके जानकी गाउँपालिका–२ घर भएका २० वर्षीय देसराज कोरीको करेन्ट लागेर

आइतबार चितवनामा मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२५ स्थित प्रभात जल उपभोक्ता समितिमा कार्यरत कोरीको करेन्ट लागेर मृत्यु भएको हो ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार, भरतपुर महानगरपालिका–२५ शुक्रनगरस्थित विद्युतको ट्रान्समिटर परिवर्तन गर्न विद्युतको कर्मचारीलाई सहयोग गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।

गम्भीर घाइते कोरीलाई उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया