क्यान्सर पीडित गंगाद्वारा आर्थिक सहयोगको याचना

क्यान्सर पीडित गंगा गुरुङ्गले ज्यान जोगाउन उपचारका लागि आर्थिक सहयोगको याचना गरेकी छन् ।


पेटको क्यान्सरबाट ग्रसित नेपालगन्ज उपमहानगरपालिका वडा नं २० मा डेरा गरी बस्ने बर्ष ४३ की गंगा उपचारका लागि आर्थिक अभाव भएपछि आर्थिक सहयोगको याचना गरेकी हुन् ।


पछिल्लो एक वर्षदेखि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार गराइरहेकी गंगाको उपचारमा सामान्य मजदुरी काम गर्ने श्रीमानको कमाइबाट सम्भव भएन । परिवार श्रोत भन्छ, ‘पर्याप्त रकम अभावमा उपचार प्रभावित भएको छ ।’


सरकारले उपचारका लागि दिने रकम खर्च भइसकेको र आफुहरुसंग पनि थप उपचारका लागि पैसा नहुँदा समस्या उत्पन्न भएको गंगाका पति मनु गुरुङ दुखेसो पोख्छन् । आफ्नो ज्यालादारीको कामले बालबालिका एकातिर पालनपोषणमा समस्या छ भने अर्कोतिर श्रीमती बचाउन चुनौती भएको उनको गुनासो छ । उनका अनुसार, ऋण सापट तथा स्थानीयको पहलमा संकलन भएको करिव १८ लाख रकम उपचारमा खर्च भइसकेको छ ।


गंगाको उपचारमा अहोरात्र खटिएका श्रीमान एक बर्षदेखि ज्यालादारीको काम पनि राम्रोसंग गर्न पाएका छैनन् । काममा जान पनि नपाउने आम्दानीको श्रोत केही नभएको उनी बताउछन । डाक्टरले जेठ ७ गते पुनः अपरेसन गर्नुपर्ने र सोको लागी आफुहरुसंग उपचार खर्च नभएकोले आम मनकारी सहयोगी महानुभावहरुलाई सञ्चारमाध्यममार्फत याचना गर्नुपरेको गुरुङको भनाइ छ ।
गंगा गुरुङ्गको सहयोगकोलागी प्रभु बैंकको खाता नं ००५००३८२०१४०००१२,मा गंगा गुरुङ्गको कै नाममा रहेको खातामा रकम जम्मा गरी सहयोग गर्न पीडित परिवारले याचना गरेका हुन् ।

‘सम्पर्क नं ९७६५५१६००० र ९८४८२२२९०८ मा सम्पर्क गर्न पनि सक्नुहुनेछ, पत्रकार सिवेन्द्र भण्डारीले दैनिक नेपालगन्जसँग भने, ‘तपाईहरुको सानो सहयोगले कसैको जीवन जोगिन्छ ।’

प्रतिक्रिया

प्रतिक्रिया