दीर्घकालिन उपाय खोजौं मेयर साप !

निशु जोशी, पत्रकार


यसरी कति दिन गधा घोडाको पछि लाग्न सकिन्छ र ! बरु यसको व्यवस्थापनको दीर्घकालिन उपाय खोजौं मेयर साप !
टांगा, बुग्गी नेपालगन्जको परम्परागत चिनारी हो । राजाहरुले शानका साथ चढ्ने यो सवारी यहाँका विवाहमा समेत सजाएर प्रयोग गर्ने गरिएको थियो ।

पछिल्लो समय भारत जानेहरूले प्रयोग गर्दै आएकोमा आधुनिक सवारी साधनका कारण यो व्यवसाय हराउँदै गयो । सबैले पाल्नेलाई धेरै खर्च गर्नुपर्ने कमाई नहुँदा यसरी सडकमा छोड्न थाले ।

पर्यटन प्रवद्र्धनका लागि उपमहानगरपालिकाले छुट्याइएको बजेट यसको प्रबद्र्धनमा लगानी गर्न सके एकातिर गधा, घोडाको व्यवस्थापन हुन्छ भने अर्कोतिर रोजगारीको सम्भावना पनि छ ।


नेपालगन्जमा बाहिर जिल्लाबाट आउने जो कोही यहाँ घुम्न चाहन्छन् । सजिएका टांगा र बुग्गी भए रहरले स्थानीय पनि चढ्छन् । यसको उदाहरण चितवन र काठमाडौंमा पनि देख्न सकिन्छ । काठमाडौंमा ३ पांग्रे रिक्सालाई फुलमालाले सजाएको देख्दा चढँुचढुँ लागेको थियो । नेपालगन्जमा पनि यो सम्भावना देखिन्छ ।


यसका लागि रुट पनि तय गरिदिनुस् !
धम्बोझी टु जमुनाह, धम्बोझी टु कोहलपुर, धम्बोझी टु वाटर पार्क, धम्बोझी टु कान्तितलाउ, एउटा बागेश्वरी, नेपालगन्ज बजार लगायतका अन्य सम्भावित क्षेत्रमा लैजानका लागि सजाएका यस्ता टांगा र बुग्गीमा जो कोहीलाई पनि चढँु चढुँ
लाग्छ ।
यो एउटा पर्यटक लोभ्याउने माध्यम पनि बन्न सक्छ । नेपालगन्जमा यति धेरै लगानीकर्ता छन् । होटल व्यवसायी, पर्यटन व्यवसायी हुनुहुन्छ । कसैले ठेक्कामा लिएर चलाउन पनि सक्छ । यो सम्भावना छ है ।

(पत्रकार निशुले दैनिक नेपालगन्जको फेसबुक ग्रुपमा दिएको प्रतिक्रिया)

https://www.nepalgunjnews.com/?p=64875

प्रतिक्रिया

प्रतिक्रिया