विजय यादबको आक्रोश, पैसाका भरमा जनतालाई दास बनाउन खोजियो

बाँके क्षेत्र नं. २ (क) लुम्बिनी प्रदेश सभा सदस्य पदका उम्मेदवार विजयबहादुर यादवले बाँके जिल्लाबाट तानाशाही प्रवृत्तिको अन्त्य गर्नुपर्ने धारणा राखेका छन् ।

उम्मेदवार यादवले आफ्नो निर्वाचन क्षेत्रका मतदाता कसैको दवाव, रवाफ र प्रलोभनमा नपर्ने विश्वास व्यक्त गर्दै जोरबल गरे त्यसको प्रतिबाद गर्ने चेतावनी दिए ।

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य एवम् लुम्बिनी प्रदेश सरकारका पूर्व कृषि तथा सहकारी मन्त्री समेत रहेका यादवले मंगलवार आफ्ना प्रतिबद्धता सार्वजनिक कार्यक्रममा भने, ‘पैसाकै बलमा जनतालाई दास बनाउन खोज्नेहरुलाई परास्त गर्नुपर्छ ।’

प्रदेश सभा सदस्य पदका उम्मेदवार यादवले डुडुवा क्षेत्रमा राप्ती नदिको कटान, डुबानको समस्या, शैक्षिक क्षेत्रमा पूर्वाधार साथै गुणस्तरीय सिकाइ र आर्थिक बृद्धिका लागि आवश्यक योजना कार्यान्वयननै आफ्नो उम्मेदवारीका प्रमुख एजेन्डा भएको बताए ।

लुम्बिनी प्रदेश सभाको संस्थापक सदस्य यादवले आफ्ना पालामा जनहितका कामलाई अहिलेपनि पनि जनजनले स्मरण गरिरहेको दावी गर्दै तत्कालीन प्रदेश सरकारका प्रमुख एवम् लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले समग्र प्रदेशको नीति निर्माण र विकासका योजनाका कारण आज सबैको प्रशंशाका विषय भएको बताए ।

डुडुवा गाउँपालिकामा सडक सञ्जाल निर्माण, पूर्वाधार विकास, कृषकका लागि स्मार्ट कृषि कार्यक्रम र शिक्षाको विकासमा भएका कामले आफ्नोे निर्वाचन क्षेत्रमा उल्लेख प्रगति भएको भन्दै ‘बाँकी धेरै कामका लागि अब एमाले नेतृत्वको सरकार आवश्यक भएको’ तर्क राखे ।

प्रतिक्रिया

प्रतिक्रिया