नेपाली राजनितिमा मौलिकता आवश्यकता कि बाध्यता

मंसिर ४ गते हुने आम निर्वाचनलाई अब एक महिना मात्रै बाँकी छ । जनतामा यो निर्वाचन प्रती विगतका निर्वाचनमा जस्तो बाहिरी उत्सुकता देखिएको छैन । देशैभरी विभिन्न दलका र स्वतन्त्र गरि अढाई हजार बढि उम्मेदवारहरु आफ्नो लागि भोट माग्न विभिन्न बाचाका पोथ्रा बोकेर कुँदिरहेका छन् ।कसैले मठमन्दिर चाहर्ने 

 र सनातन संस्कृतिको प्रसंशा गरेका छन् भने कोहि जाली टोपी लगाउन या क्रुसेडसङ्ग लभ परेको बताउँदै हिंडेका छन् ।  कोहि जातीय कित्ताकाटका हुँकार भर्दैछन त कोहि नेपाली धर्म सँस्कृतिलाई गाली गरेर धर्मनिरपेक्षता बचाउने खेलमा छन् । कोहि राजतन्त्रको अलाप गर्दै सत्ताका सपना देख्दै छन् भने कोहि सनातन धर्म सापेक्षेता मात्रै राष्ट्र सुरक्षित हुने बताइरहेका छन् । सबैखाले नमूनाहरुको भिडन्त देखिएको यो चुनावी मैदानमा कतिपयको नेपाली अस्मिता नेपाली मौलिकता वास्तविक चिन्ता देखिन्छ भने कति त नेपाली मौलिकतालाई  सत्तोसराप गरेर नथाक्नेहरु पनि चुनावको मुखमा आएर सनातन सँस्कृतिका कुरा गर्ने गर्दैछन् । हिजो उनै पृथ्वीनारायण शाहलाई गाली गर्ने उनका शालिक तोड्नेहरु उनको दरबारमा गएर फोटो खिचाउँदै  शाख्खै भएको नौटङ्की गर्दैछन् । यसै सेरोफेरोमा नेपाली मौलिकता आजको आवश्यकता हो कि बाध्यता हो भन्ने बिषयमा चर्चा हुन जरुरी छ ।

पछिल्लो दिनमा स्वच्छ पारदर्शी र नेपाली मौलिकताको राजनितिको अभ्यास गर्न कटिबद्ध रहेका पार्टीहरु र व्यक्तिहरु पनि नेपाली राजनितिमा उदाएका छन् । यस्तै मध्ये एउटा पार्टी देखिएको छ मौलिक जरोकिलो पार्टी । जसले घोषित रूपमा नै नेपालको संविधानमा लेखिएको धर्म निरपेक्षता र समाजवादलाई खारेज गरि सनातन धर्म सापेक्ष राष्ट्र लेखिनुपर्छ भनेको छ । नेपाली मुल कुल धर्म सँस्कृति भाषा सभ्यता र नेपाली मौलिकतामा कुनै दायाँ बायाँ इन्तु किन्तु परन्तु गर्न नसकिने दाबा यो पार्टीको रहेको बताइएको छ । यो पार्टीले संघिय र प्रदेश गरि ४१ ठाउँमा उम्मेदवारी दिएको र कसैसँग तालमेल नगरेको जनाएको छ । 

राजसंस्था सहितको हिन्दुराष्ट्रको ऎजेण्डा बोकेको राप्रपाले यश चुनावमा यो ऎजेण्डा जोडतोडले उठाएता पनि गणतन्त्रवादी एमाले पार्टीसङ्ग विभिन्न स्थानमा गठबन्धन गरेको छ । झापाका केही स्थान र बाँके  क्षेत्र नम्बर २ मा एमालेसँग तालमेल गरेर राप्रपा चुनावमा गएको छ ।  

भनिन्छ नेपालबाट राजतन्त्र अस्ताएपछी राजतन्त्र हुनुपर्ने भन्ने नाममा सयौं समुहहरु उदाएका छन् । यो चुनावमा त त्रिमुल नेपाल, नेपालका लागि नेपाली लगायत पार्टी बनाएरै राजतन्त्र पुनर्स्थापनाका ऎजेण्डा सहित चुनावमा गएका छन् । केही स्वतन्त्रहरु समेत हिन्दुराष्ट्रको मुद्दालाई आफ्नो चुनावी ऎजेण्डा बनाउँदै  चुनावमा उत्रेका छन् । 

नेपालमा २०६२-६३ को आन्दोलन पछि संसदीय राजनितिमा उदाएको माओवादीको देश र जनताप्रतिको गैरजिम्मेवारीपूर्ण ब्यवहारका कारण आफ्नो अस्तित्व बचाउने संघारसम्म आइपुग्यो । यसका युद्धकालिन नेताहरु विशेषगरि पार्टीको पहिलो सरकार बन्दा देखि नै विभिन्न आरोपप्रत्यारोप गर्दै टुक्राटुक्रा हुँदै गए । प्रचण्ड पछिका नेता बाबुरामले पार्टी छोडेर अर्को पार्टी बनाउन पुगेपछि माओवादीलाई संसदीय संख्याबलमा अस्तित्वमा राखिरहन कहिले एमाले त कहिले काङ्ग्रेसको ओतलाग्न जानुपर्यो । यसपटकको चुनाव काङ्ग्रेसको ओत लागेर पार्टी बचाउन लागेको माओवादीलाई नेपाली मौलिकता प्रती बढेको लहर र नेपाल मुलकुल धर्म संस्कृति प्रती हिजो लिएको नकारात्मक दृष्टिकोणमा रक्षात्मक हुन परेको छ । हिजो चर्चसङ्ग लभ परेको भन्ने र नेपाल एकीकरणका नायक बडामहाराज पृथ्वीनारायण शाहको शालिक ढालेर क्रान्तिकारी बन्नेहरु उनकै दरबारमा मत्था टेक्न र फोटो खिचाउँन  पुगेका छन् । कतै न कतै नेपाली मौलिकता र नेपालीत्वको जित हुँदैछ भन्ने यो राम्रो लक्षण हो ।

नेपाली मौलिकतालाई गाली गरेर तक्मा पाउने गतिला पत्रकार, लेखक आदि भनेकाहरु पनि यो चुनावमा रक्षात्मक हुन पुगेका छन् । आजभोली उनिहरुको आवाज हिजोको भन्दा मधुरो गर्ने उनिहरुको बाध्यता भएको छ ।

नेपालका राजनितिक पार्टीहरु चुनावका बेला ठेकेदार, उद्योगी, ब्यापारीसङ्ग मोटो रकम चन्दा लिने र सत्तामा पुगेपछि उनिहरु अनुकुल काम गरिदिने आरोपबाट मुक्त छैनन् । ठूला पार्टीका उम्मेदवारहरुले देशैभरी गर्ने तामझामपूर्ण आमसभाहरु, उनीहरुले प्रयोग गर्ने गाडी मोटरसाइकलहरू, लगाइने भोजभतेरहरुको आर्थिक श्रोत के हो भन्ने आजसम्म ती पार्टीहरुले  बताउन चाहेका छैनन् । यसबाट पनि उनीहरुको विभिन्न गैरकानुनी असुली छ भन्ने पुष्टि भएको छ । 

माओवादीकालमा चलेको जबर्जस्ति असुलीको धन्दा संसदिय राजनितिमा नितिगत भ्रष्टाचार र राज्यको साधनमा पहुँचसङ्ग सौदागिरी गरेर अहिलेपनी चलाइएको छ । जनता हिजो जस्तो चुपलागेर पार्टीका गफ पत्याएर भोट दिने मनस्थितिमा देखिँदैनन् । २०७४ सालको आम निर्वाचनमा एनसेल कम्पनीको अर्बौं कर मिनाह गर्न सत्ताले सहयोग गरेको र त्यसवापत सत्ता नजिकका पार्टीले मोटो रकम लिएर चुनावमा लगानी गरेको आरोप आजसम्म जनताका चिया गफ देखि कुनाकन्तरामा चर्चा सकिएको छैन । कतै न कतै सत्ताको नजिकमा रहेका पार्टीहरुलाई लागेको आरोप यसपटकको  चुनावमा बेजवाफ हुनेछ । यसबाट बच्ने उपायका रुपमा हिजो मोटो चन्दा उठाउने पार्टीका उम्मेदवारहरुले पनि आफ्नो आर्थिक श्रोत जुटाउन भन्दै संजाल मार्फत आर्थिक सहयोग माग्दै बैंक खाता र क्यूआर कोड सार्वजनिक गरेका छन् । यसमा केही वैकल्पिक राजनिती गर्न उद्घोष गरेका र गत चुनावमा साझा विवेकशीलमा रहेकाहरु पनि रहेका छन् । हाम्रो मौलिक पद्धति अनुसार आर्थिक श्रोत संकलनको पद्धति हुनेले दिने र नहुनेलाई स्वेच्छाको मुठ्ठी दान हो । हुन त दशान्श देवश्व, दशान्श पितृश्व र दशान्श राजस्वको हाम्रो मौलिक  पद्धतिलाई आज बिनास गरिएको छ । तर यो ससानो आर्थिक सहयोगको नीति भने हाम्रो मौलिक पद्धति कै नमुना हो । यसैका आधारमा  मौलिकताको राजनितिमा उदाएको पार्टी जरोकिलोले  आफ्नो स्थापनाकाल देखि नै आर्थिक श्रोत संकलनको लागि  मौलिक पद्धति मुठिदानलाई अबलम्बन गर्दै आएको देखिन्छ । मुठीदानको अर्थ हो आफ्ना सदस्य, सुभेच्छुक र आम नागरिकबाट ससानो  स्वेच्छिक आर्थिक सहयोग लिने । यसका लागि यो पार्टीले आफ्नो बैंक खाता नम्बर र यूआर कोड समेत सार्वजनिक गरेको छ । गत स्थानीय निर्वाचनका बेला यो पार्टीबाट उम्मेदवार बनेकाहरुले पनि यसै पद्धतिलाई अबलम्बन गरेका थिए । यसपटक यहि मंसिर ४ गते हुने आम चुनावका लागि पनि यसपार्टिबाट उम्मेदवार बनेकाहरुले आफ्नो बैंक खाता क्यूआर कोड सहित समाजिक संजालमा राखेर सार्वजनिक रूपमा आर्थिक सहयोगका लागि अपिल गरेका छन् । 

मौलिक जरोकिलो पार्टीले गरेको यो अभ्यासले चुनावमा गरिने गैरकानुनी असुली अवान्छित सशर्त सहयोग र चुनावपछि  त्यस्ता दातालाई दिइने अवान्छित लाभले भ्रष्टाचारलाई मलजल गरेको ठहर जरोकिलो पार्टीको रहेको पार्टी प्रवक्ता प्रकाश श्रेष्ठको रहेको छ । भ्रष्टाचारको जरो नकाटेसम्म भ्रष्टाचारमुक्त शासनको कुरा जनता झुक्याउने प्रपन्च मात्रै हो ।

 हाम्रा  राष्ट्रिय मिडियाहरुले भ्रष्टाचारको  कुरा त गर्छन् तर यसलाई मेटाउन यसको जरो काट्नुपर्छ भन्नेहरु कमै देखिन्छन् । यसबारेमा के कसरी गर्ने ? हाम्रो मौलिक पद्धतिले भ्रष्टाचारको जरो कसरी काटिन्छ भन्ने  लेख्ने बोल्ने  गरेको पाँइदैन । मुठीदानलाई आफ्नो घोषित पद्धति मानेको मौलिक जरोकिलो पार्टी र यसका उम्मेदवारहरुको कुरालाई राम्रोसँग सबै पार्टीमा लागू गर्ने हो भने पक्कै पनि चुनावपछि भ्रष्टाचार गर्न चुनावमा गरिने सेटिङ्ग भत्काउन सकिन्छ भन्ने लाग्छ । 

नेपाली राजनितीको मुल नै बर्षौ देखि कसरी खराब भैरहेको छ । यहाँको मिडिया बुद्धिजिविले कसरी कसलाई अथवा कुन ऎजेण्डालाई महत्व दिने भन्ने  कुरा राजनितिको पहुँच सत्ताको लाभले तय गर्ने गरेको लुकेको छैन । नेपालको आफ्नै मौलिक पद्धति, नेपालको मुलकुल धर्म सँस्कृति भाषा सभ्यता र नेपाली मौलिकतालाई स्वीकार गर्न नसक्नु, प्रचारप्रसार गर्न नसक्नु वर्तमान सतावृतका लाभान्वित क्षेत्रभित्र रहेका पार्टी र उनिहरुको पृष्ठपोषण गर्नेहरुकालागी एउटा बाध्यता हो । सनातन सभ्यता प्रती गरिने घृणा जनताले अस्विकार गर्छ र भोटबैंकमा घाटा लाग्छ भनेर देखावटी रूपमा साखिल्यता देखाउनु काङ्ग्रेस कम्युनिस्टहरुको बाध्यता मात्रै हो । तर नेपालको स्वाभिमान जगाउन, नेपाली अस्मिता जोगाउन र नेपाली पहिचान बचाउन मौलिकता प्रती समर्पित हुनु हरेको नेपालीको आवश्यता हो । ढिलो चाँडोको कुरा मात्रै हो सबै राजनितिक दलले नेपाली मौलिकतालाई अबलम्बन नगरी दुखै छैन भन्ने कुरा यसपटक जनतामा आएको नेपाली मौलिकताप्रती आएको जागरण र मौलिकता विरोधीहरु रक्षात्मक हुनुले देखाएको छ ।

   २०४६ सालपछि नेपालको अस्मिता नै विदेशिलाई सुम्पिनेहरुबाट नेपालको मुल कुल धर्म संस्कृति भाषा सभ्यता र नेपाली मौलिकताको रक्षा हुनसक्दैन त्यो देखिएको छ । नेपालको आफ्नोपनलाई गाली गर्दा क्रान्तिकारी हुने भ्रम पालेकाहरुबाट आज देश बनाउँछु  भन्दै घरदैलोमा भोट माग्न आउँदा देखाएको सनातन प्रती मोहको गोहिका आँसु उनीहरुको बाध्यता मात्रै हो यसैमा ढुक्क हुनुहुँदैन । सनातन धर्म सापेक्ष राष्ट्र र नेपाली  मौलिकता हरेक स्वाभिमानी नेपालीको लागि आवश्यता हो ।

प्रतिक्रिया

प्रतिक्रिया