जस जसलाई यो भ्रम छ कि हुसैन अलैहिस्सलामलाई यजीदीहरुले करबला लिएर आएका थिए । उनीहरुले यो लेख पढेपछि सत्यबाट रुबरु हुनेछन् । इस्लामी पात्रो अनुसार पहिलो महिना मोहर्रमको इस्लामी इतिहासमा निकै महत्व रहेको छ । अन्य घटनाहरु महत्व राखे पनि यो महिना खास गरी विश्व भरी करबलाको जंग (युद्ध)का कारण प्रख्यात रहेको छ । यस कारण यो लेख मार्फत करबलाको युद्ध हुने मुख्य कारण, युद्धका बेला इमामका अहबाबसंग गरिएका अमानवीय व्यवहार र त्यसपछिको यजीदको हशर (परिणाम) समेत चर्चा गरिनेछ । अधिकांशलाई थाहा नहुन नि सक्छ कि करबलाको युद्ध हुनुको कारण के थियो ? किन इमाम हुसैन अलैहिस्सलामले यजीदको समर्थन गर्न अस्वीकार गर्नुभयो ? कसरी उहाँलाई धोकाले कुफा बोलाएर शहीद गरियो ? उहाँको शहादत पश्चात के गरे ? के इमाम हुसैनलाई यजीदीहरुले करबला बोलाए वा इमाम हुसैनले यजीदीहरुलाई करबला लिएर आउनुभयो । अर्थात कसले ? कसलाई ? किन ? करबलामा लिएर आएको थियो ? यी यावत कुराको बारेमा संक्षिप्त जानकारी दिने प्रयत्न गरिएको छ ।

करबलाको युद्ध हुनुको कारण
घटना इस्लामी पात्रो अनुसार सन् ६० हिजरीमा भएको हो । जतिखेर मुल्के शामभित्र यजीद नामको एक तानाशाह, अत्याचारी, दमनकारी, निरकुंश र चरित्रहीन शासक थियो । उसको शासनसत्ता अरबभित्र मात्र नभई ईरान, इराक र यमनका केही भूभागमा सम्म कायम रहेको थियो । उतिखेर यजीद एक यस्तो शक्तिशाली मानवता, मानव सभ्यता र इस्लाम विरोधी शासक थियो । जसले इस्लाम धर्मको नाममा कुरिति, कुसंस्कार र अन्धविश्वास फैलाउनुका साथै गलत तरिकाले सामाजिक र धार्मिक गतिविधिहरु सञ्चालन गरेको थियो । इस्लाममा हराम अर्थात निषेध गरिका कार्यहरु गर्ने गरेको थियो जस्तैः रक्सी जुवातास, ब्याज लेनदेन, वेश्यावृति, बाँदरको नाच हेर्ने, कुकुरसंग खेल्ने, बांसुरी बजाउने र निर्दोषहरुलाई अनाहक हत्या गराउने कार्य गर्ने गरेको थियो । इस्लाममा निषेध गरिएको नाता (महरम जस्तैः फुफू, भाई, बहिनी, सौतेनी आमा आदि) संग वैवाहिक र अनैतिक सम्बन्ध राख्ने, महिला हिंसा, विधवा र गरीबको अपमान, समाजमा अन्याय र अत्याचार गर्नु उसको दैनिकी र उसको आनीबानी थियो । ऊ आफ्नो यिनै गलत अनैतिक, अमर्यादित, कुसंस्कार र इस्लाममा निषेधित कार्य र गतिविधिहरुलाई इस्लाममा दाखिल गर्ने र गराउने सोच राखेको थियो उसलाई यसको लागि शाम, यमन, इराक, मक्का लगायतका राज्यका पूरै जनताले समर्थन प्राप्त थियो । थिएन त केवल इमाम हुसैनको समर्थन । उसलाई यो राम्ररी ज्ञात थियो कि संसारकै समर्थन प्राप्त गरी हाले पनि । जब सम्म हजरत मोहम्मद मुस्तफा सल्लल्लाहो अलैहेवसल्लमका नाति इमाम हुसैन अलैहिस्सलामको समर्थन प्राप्त हँुदैन तबसम्म सम्भव छैन । यस कारण उसले पटक पटक पत्र लेखेर र आफ्नो कासिद (सन्देश बाहक) पठाएर उहाँको समर्थन पाउन प्रयास गर्यो । तर जब उसको गलत नीयत र कार्यलाई इमाम हुसैन अलैहिस्सलामले समर्थन गर्नु भएन । तब उसले झूठो पत्र लेखेर सय्यदना इमाम हुसैनलाई बोलायो । उसले पत्रमा झुठो कुरा लेखेको भनी इमाम हुसैनलाई थाहा थियो तर पनि उहाँले यजीदद्वारा पठाईएको पत्र पाएपछि आफ्ना ७२ जना अहबाबहरु जस्ता ६ महिनाका दुधमुखे बालक अलि असगर सहित वृद्ध, महिला र युवामा हजरते कासिम लगायत सामिल थिए । उहाँले सबैलाई लिएर मदीना शरीफबाट निस्किनुभयो । जहाँ बीच बाटोमै यजीदका सिपाहीहरुले यजीदको आदेश अनुसार उहांको काफिलालाई रोकि हाले । यजीदले आफ्ना सिपाहीहरुलाई भन्यो, ‘कि त इमाम हुसैन अलैहिस्सलामको बैअत (समर्थन) ल्याऊ कि उहांहरुलाई शहीद गरी देऊ ।’ यजीदको आदेश पाउन साथ उसको सेनापतिले सिपाहीहरुलाई नहरेफुरात (फुरात नदी) माथि तैनात गरिदियो र भन्यो कि, ‘इमाम हुसैन अलैहिस्सलामको कुन्बा (आफन्त) लाई एक थोपा पनि पानी लैजान न दिनु जनावरले पानी खाऊन् तर इमाम हुसैन अलैहिस्सलाम र उहांका अहबाबसम्म एक थोपा पानीको न पुगोस् ।’ सिपाहीहरुले यजीदको आदेशको पालन गरे र एक थोपा पनि पानी लग्न दिएन्न् । उहाँ र उहाँको पुरा कुन्बा (परिवारजन) भोका प्यासा रहे । यहाँ सम्म कि उहांका सबै अहबाबलाई आशूरको दिन शहीद गरियो । करबलाका ती ७२ शहीदहरुको नाम र सानो परियच बनूहाशिम अर्थात अबू तालिबका सन्तानहरु जो शहीद भए

१. शहीदेआजम हजÞरत इमाम हुसैन अलैहिस्सलाम – हजÞरत इमामे अली अलैहिस्सलामका छोरा र जनाबे अबु तालिब (अ.स.) का नाति ।
२. हजÞरत अली असगÞर – हजÞरत इमामे हुसैन अलैहिस्सलामका छोरा र हजÞरत इमामे अली अलैहिस्सलामका नाति ।
३. हजÞरत अब्दुल्लाह – हजÞरत इमामे हुसैन अलैहिस्सलामका छोरा र हजÞरत इमामे अली अलैहिस्सलाम का नाति ।
४. हजÞरत अली अकबर – हजÞरत इमामे हुसैन अलैहिस्सलामका छोरा र हजÞरत इमामे अली अलैहिस्सलामका नाति ।
५. हजÞरत अब्बास – हजÞरत इमामे अली अलैहिस्सलामका छोरा र जनाबे अबु तालिब (अ.स.) का नाति ।
६. हजÞरत जाफÞर – हजÞरत इमामे अली अलैहिस्सलामका छोरा र जनाबे अबु तालिब (अ.स.) का नाति ।
७. हजÞरत औन – अब्दुल्लाहका छोरा, जाफÞरका नाति र जनाबे अबू तालिब (अ.स.) का पनाति ।
८. हजÞरत मोहम्मद – अब्दुल्लाहका छोरा, जाफÞरका नाति र जनाबे अबू तालिब (अ.स.) का पनाति ।
९ . जनाबे कÞासिम – हजÞरत इमाम हसन अलैहिस्सलामका छोरा, हजÞरत इमाम अली अलैहिस्सलामका नाति र जनाबे अबू तालिब (अ.स.) का पनाति ।
१०. हजÞरत अबू बक्र – हजÞरत इमामे हसन (अ.स.) का छोरा , हजÞरत इमामे अली अलैहिस्सलामका नाति र जनाबे अबू तालिब (अ.स.) का पनाति ।
११. हजÞरत अब्दुल्लाह – जनाबे मुस्लिमका छोरा र जनाबे अबू तालिब (अ.स.) का नाति
१२. हजÞरत मोहम्मद – जनाबे मुस्लिमका छोरा र जनाबे अबू तालिब (अ.स.) का नाति ।
१३. हजÞरत जाफÞर – हजÞरत अकÞीलका छोरा र जनाबे अबू तालिब (अ.स.) का नाति ।
१४. हजÞरत अब्दुर्रहमान – हजÞरत अकÞीलका छोरा र जनाबे अबू तालिब (अ.स.) का नाति ।
१५. हजÞरत मोहम्मद – हजÞरत अकÞीलका नाति र जनाबे अबू तालिब (अ.स.) का पनाति ।
१६. हजÞरत मोहम्मद – हजÞरत इमामे अली अलैहिस्सलामका छोरा र जनाबे अबु तालिब (अ.स.) का नाति ।
१७. हजÞरत अब्दुल्लाह – हजÞरत इमामे अली अलैहिस्सलामका छोरा र जनाबे अबु तालिब (अ.स.) का नाति ।
१८. हजÞरत उसमान – हजÞरत इमामे अली अलैहिस्सलामका छोरा र जनाबे अबु तालिब (अ.स.) का नाति ।
बनू हाशिम बाहेक करबलाका ५४ जना शहीदहरु
१९.जनाबे मुस्लिम बिन औसजा – रसूले अकरम (सल्लल्लाहो अलैहे वसल्लम) का सहाबी थिए ।
२०.जनाबे अब्दुल्लाह बिन ओमैर कल्बी– हजÞरत अली अलैहिस्सलामका अनुयायी थिए ।
२१.जनाबे वहब – यिनले इस्लाम स्वीकार गरी, करबलामा इमाम हुसैनको तर्फबाट शहीद भए ।
२२.जनाबे बोरैर इब्ने खोजÞैर हमदानी – हजÞरत अली अलैहिस्सलामका अनुयायी थिए ।
२३. मन्जह इब्ने सहम – इमाम हुसैन अलैहिस्सलामकी कनीजÞ हुसैनियाका छोरा थिए
२४.उमर बिन खÞालिद – कूफÞाबासी थिए र सच्चा मोहिब्बे अहलेबैत थिए ।
२५.यजÞीद बिन जÞेयाद अबू शाताए किन्दी– कूफÞाबासी वाले थिए करबलामा शहीद भए ।
२६.मजमा इब्ने अब्दुल्ला मजÞजही – अली अलैहिस्सलामका अनुयायी थिए यह जंगे सिफÞ्फीनमा पनि शरीक भएका थिए ।
२७.जनादा बिन हारिसे सलमानी – कूपÞmाबासी थिए र हजÞरते मुस्लिमका साथ जेहादमा शरीक भएका थिए ।
२८.जन्दब बिन हजर किन्दी – कूफÞाबासी र हजÞरत अली अलैहिस्सलामका अनुयायी थिए।
२९.उमैय्या बिन साद ताई – हजÞरत अली अलैहिस्सलामका अनुयायी थिए ।
३०.जब्ला बिन अली शैबानी – कूफÞाबासी हजÞरत अली अलैहिस्सलामका अनुयायी थिए र करबलामा हमल–ए–ऊलामा शहीद भए ।
३१.जनादा बिन कÞाब बिन हारिस अंसारी खÞजÞरजी – मक्काबाट अफ्नो परिवारका साथ करबला आएर हमल–ए–ऊलामा शहीद भए ।
३२.हारिस बिन इमरउल कÞैस किन्दी – करबलामा उमरे सादको फÞौजका साथ आएका थिए तर पछि इमाम हुसैन अलैहिस्सलामको फौजमा शामिल भइ शहीद भए ।
३३.हारिस बिन नैहान – हजÞरते हमजÞाका गÞुलाम नैहानका छोरा र हजÞरते अली अलैहिस्सलामका अनुयायी थिए ।
३४.हब्शा बिन कÞैस नहमी – आलिमे दीन थिए हमल–ए–ऊलामा शहीद भए ।
३५.हल्लास बिन अम्रे अजÞ्दी – हजÞरत अली अलैहिस्सलामका अनुयायी थिए ।
३६.जÞाहिर बिन अम्रे सल्मी किन्दी – रसूले अकरम सल्लल्लाहो अलैहे वसल्लमका सहाबी र हदीशका रावी थिए ।
३७.स्वार बिन अबी ओमेर नहमी – हदीशका रावी थिए र हमल–ए–ऊलामा शहीद भए ।
३८.शबीब बिन अब्दुल्लाह – हारिस बिन सोरैयका गÞुलाम थिए उनी हजÞरत अली अलैहिस्सलामका अनुयायी र रसूले अकरम (सल्लल्लाहो अलैहे वसल्लम) का सहाबी थिए ।
३९.शबीब बिन अब्दुल्लाह नहशली – हजÞरत अली अलैहिस्सलामका अनुयायी थिए ।
४०.अब्दुर्रहमान बिन अब्दे रब अन्सारी खÞजÞरजी – रसूले अकरम ( सल्लल्लाहो अलैहे वसल्लम) का सहाबी थिए ।
४१.अब्दुर्रहमान बिन अब्दुल्लाह बिन कदन अरहबी – जनाबे मुस्लिमका साथ कूफÞा र कुफाबाट करबला पुगेर हमल–ए–ऊलामा शहीद भए ।
४२.अम्मार बिन अबी सलामा दालानी – रसूल अकरम (सल्लल्लाहो अलैहे वसल्लम) का सहाबी र हजÞरत अली अलैहिस्सलामका अनुयायी थिए र करबलामा हमल–ए–ऊलामा शहीद भए ।
४३.कÞासित बिन जÞोहैर तगÞलबी – यिनी र यिनका दुई भाई हजÞरत अली अलैहिस्सलामका अनुयायी थिए ।
४४.कुरदूस बिन जÞोहैर बिन हारिस तगÞलबी – कÞासित इब्ने जÞोहैरका भाई र हजÞरत अली अलैहिस्सलामका अनुयायी थिए ।
४५.मसऊद बिन हज्जाज तैमी – उमरे सादको फÞौजमा शामिल भएर करबला पुगे तर इमाम हुसैन अलैहिस्सलामको तर्फबाट शहीद भए ।
४६.मुस्लिम बिन कसीर सदफÞी अजÞ्दी – जंगे जमलमा हजÞरत अली अलैहिस्सलामका साथी र अनुयायी थिए उनी करबलामा हमला–ए–ऊलामा शहीद भए ।
४७.मुस्कित बिन जÞोहैर तगÞलबी – करबलामा हमला–ए–ऊलामा शहीद भए ।
४८.कनाना बिन अतीकÞ तगÞलबी – करबलामा हमला–ए–ऊलामा शहीद भए ।
४९.नोमान बिन अम्रे अजÞदी – हजÞरत अली अलैहिस्सलामका अनुयायी थिए र हमला –ए– ऊलामा शहीद भए ।
५०.नईम बिन अजलान अन्सारी – हमला –ए– ऊलामा शहीद भए ।
५१.अम्र बिन जनादा बिन काब खÞजÞरजी– करबलामा बुलाको शहादत पश्चात आमाको आदेशले शहीद भए ।
५२.हबीब इब्ने मजÞाहिर असदी – हजÞरत रसूल अकरम (सल्लल्लाहो अलैहेवसल्लम)का सहाबी, हजÞरत अली अलैहिस्सलाम हजÞरत इमामे हसन अलैहिस्सलामका अनुयायी थिए । इमामे हुसैन अलैहिस्सलाम बाल्यकालका साथी थिए उनको प्रेमको हद यो थियो कि इमाम हुसैन जब हिड्नु हुन्थ्यो उनी उहांको पैताला मुनिको धूलो उठाएर आफ्नो अनुहार र शिरमा लगाउन्थे उनी पनि करबलामा शहीद भए ।
५३.मोसय्यब बिन यजÞीद रेयाही – हजÞरत हुर्रका भाई थिए ।
५४.हुजÞ्र बिन हुर्र यजÞीद रेयाही – जनाबे हुर्रका छोरा थिए ।
५५.जनाबे हुर्र बिन यजÞीद रेयाही – यजÞीदी फÞौजका कमान्डर थिए । इमामे हुसैन अलैहिस्सलामको फौजमा शामिल भइ शहीद भए ।
५६.अबू समामा सायदी – आशूराका दिन नमाजÞे जुहरको तयारीको बेला शत्रुहरुले वाण हानेर शहीद गरे ।
५७.सईद बिन अब्दुल्लाह हनफÞी – यिनी पनि आशूराका दिन नमाजÞे जुहरको तयारीको बेला शत्रुहरुले हानेको वाण लागेर शहीद भए ।
५८.जÞोहैर बिन कÞैन बोजिल्ली – यिनी आशूराका दिन नमाजÞे जुहरको बेला गरिएको आक्रमणमा घाइते भएर युद्ध गर्दा शहीद भए ।
५९.उमर बिन करजÞाह बिन काब अंसारी– यिनी पनि आशूराका दिन नमाजÞे जुहरमा शहीद भए ।
६०.नाफÞे बिन हेलाल हम्बली – आशूराका दिन नमाजÞे जुहरको सुरक्षा व्यवस्था सम्हाल्ने क्रममा युद्ध गर्दा शिम्रको हातबाट शहीद भए ।
६१.शौजÞब बिन अब्दुल्लाह – मुस्लिम इब्ने अकÞीलको पत्र लिएर करबला पुगेका थिए र यिनी पनि शहीद भए ।
६२.आबिस बिन अबी शबीब शकरी – हजÞरत इमाम अली अलैहिस्सलामका अनुयायी थिए आशूराका दिन करबलामा शहीद भए ।
६३.हन्जÞला बिन असअद शबामी – आशूराका दिन जुहरको नमाजपछि युद्ध गर्ने क्रममा शहीद भए ।
६४.जौन गÞुलामे अबूजÞर गेफÞारी – हब्शी थिए हजरत अबूजÞर गेफÞारीका गÞुलाम थिए ।
६५. गÞुलामे तुर्की – हजÞरत इमामे हुसैन अलैहिस्सलामका गÞुलाम थिए ।
६६.अनस बिन हारिस असदी – धेरै बुढो भइसकेथिए यिनी पनि शहीद भए ।
६७. हज्जाज बिन मसरूकÞ जाफÞी – मक्काबाट साथमा आएका थिए र त्यहींबाट मोअजÞ्जÞिनको जिम्मेवारी निर्वाह गर्दै आएका थिए यिनी पनि शहीद भए ।
६८.जÞेयाद बिन ओरैब हमदानी – यिनका बुवा हजÞरत रसूल अकरम (सल्लल्लाहो अलैहे वसल्लम) का सहाबी थिए ।
६९.अम्र बिन जन्दब हजÞमी – हजÞरत अली अलैहिस्सलामका अनुयायी थिए ।
७०.साद बिन हारिस – हजÞरत अली अलैहिस्सलामका गÞुलाम थिए ।
७१.यजÞीद बिन मगÞफल – हजÞरत अली अलैहिस्सलामका अनुयायी थिए ।
७२.सोवैद बिन अम्र खÞसअमी – निकै बुढो भइसके थिए करबलामा इमाम हुसैन अलैहिस्सलामका तमाम साथीहरु मध्ये सबभन्दा आखÞिरमा युद्धमा घाइते भइ बेहोश भएका थिए होश आउँदा इमाम हुसैन अलैहिस्सलामको शहादतको खÞबर सुनेर फेरि युद्ध गर्दागर्दै शहीद भए ।

करबलामा कसले कसलाई लिएर आएको
इस्लाममा हराम अर्थात निषेध गरिका कार्यहरु जस्तैः रक्सी जुवातास, ब्याज लेनदेन, वेश्यावृति, बाँदरको नाच हेर्ने, कुकुरसंग खेल्ने, बांसुरी बजाउने, इस्लाममा निषेध गरिएको नाता (महरम जस्तैः फुफू, भाई, बहिनी, सौतेनी आमा आदि) संग वैवाहिक र अनैतिक सम्बन्ध राख्ने, महिला हिंसा, विधवा र गरीबको अपमान, समाजमा अन्याय र अत्याचार गर्नु उसको दैनिकी र उसको जुन यजीदको दिनचर्या र बानी थियो । ती अनैतिक, अमर्यादित, कुसंस्कार र इस्लाममा निषेधित कार्यहरु पैगम्बरे इस्लाम नबीपाकको आगमन भन्दा पहिला कायम रहेको थियो । उहाँ आइसकेपछि यी कुराहरुमाथि प्रतिबंध लगाउनुभयो । विधवा, बालिका, महिला, वृद्धा, आमाबुवा, छोराछोरी, यहाँ सम्मकि छिमेकीलाई अधिकार दिलाउनुभयो । उहाँकै अनुयायी भइ मौला अली पनि त्यही पथमा हिड्नुभयो । मौला अली मात्र कहाँ हो र सैय्यदा फातिमा पनि त्यही पथमा हिड्नुभयो । इमाम हसन अलैहिस्सलाम पनि त्यही पथमा हिड्नुभयो । इमाम हुसैन अलैहिस्सलाम पनि उहाँकै पथमा हिड्नुभयो र कसैलाई पनि शरीयते इस्लामको जरोलाई हल्लिन र हल्लाउन दिनु भएन् । उहाँहरुका यी कार्य मक्काका कुफ्फारले मन पराउदैँनथे । यसकारण उनीहरुले नबीपाकलाई शहीद गराइदिए । नबीपाकलाई शहीद कसले गरायो कसको आदेशमा गराइयो भन्ने कुराहरुको जानकारी र व्यक्तिको सामुन्नेमा आएन । उहाँ पश्चात अन्य तीन जना सादाद अर्थात अहलेबैतलाई शहीद गरियो । जसमा नबीपाककी छोरी हजरत फातिमा सलामुल्लाह अलैहालाई कसले शहीद गर्यो ? कसको आदेशमा शहीद गर्यो ? जानकारी र व्यक्तिको नाम सामुन्नेमा आएन । मौला अली शेरेखुदालाई मश्जिदमा विषायुक्त तरबारले शहीद गरियो । तरबारमा लगाइएको त्यो विष कसले दियो ? कसको आदेशमा विषायुक्त तरबारले शहीद गरियो ? यो कुरा पनि कहिल्यै जानकारी र व्यक्तिको नाम थाहा हुन सकेन । इमाम हुसैनका दाई इमाम हसनलाई विष खुवाएर शहीद गरियो । यद्यपि विष दिने उनकी पत्नी थिईन् । तर त्यो विष पत्नीलाई कसले ल्याएर दियो ? कसको आदेशमा विष दिइयो ? यी कुराको बारेमा जानकारी र मास्टरमाइन्ड व्यक्तिको नाम कहिल्यै सामुन्ने आएन । ती सबै हत्याराहरु इस्लामको चोलामा लुकेर बसेका थिए ।


पंजतनपाक मध्ये चार जनाको शहादत पश्चात अब इमाम हुसैन मात्र बाकी रहनु भएको थियो । उहाँको शहादतपछि पंजतनपाक मध्ये कोही बाकी रहने थिएन् । जसले यी शहादतहरुको पछाडि कसको षणयंत्र र मास्टरमाइंड को रहेको थियो ? भनी जानकारी गराउनु थियो । तसर्थ आफ्नो शहादतका लागि इमाम हुसैन अलैहिस्सलामले करबलाको त्यो मैदानलाई अल्लाहको आदेशमा चयन गर्नुभयो । जहाँ कुनै घर, पर्खाल, रुख विरुवा, पहाड, पधेँरा, झाडपतिंगर केही थिएन् थियो त केवल वालुवाको तातो रेगिस्तान । जहाँ उनले आफु लगायत अहिले सम्मका चारै सादाद (नबीपाक, फातिमा सलामुल्लाह, मौला अली र इमाम हसन) यी सबैका हत्याराहरुलाई बेनकाब गरिदिनुभयो ।

अब एक एक व्यक्ति सामुन्ने थियो जस जसको हात थियो । जस जसले षणयन्त्र रचेका थिए । जसले आदेश दियो त्यो व्यक्ति पनि सामुन्ने थियो । जसको शासनकाल शहादत भयो त्यो पनि सामुन्ने थियो । अनि जसले विगतमा यी घटना घटाउन र पाँचै जनालाई शहीद गराउन आ आफ्नो स्तरबाट भूमिका खेलेका थिए तिनको बारेमा पनि प्रष्ट भइसकेको थियो । अब कयामत (अन्तिम प्रलयको) दिनसम्म कसैलाई कुनै भ्रम रहनेछैन कि करबलाको भुमिलाई नै अल्लाहको आदेशले इमाम हुसैनले चयन गर्नुभयो । उनीहरुको औकात थिएन इमाम हुसैनलाई करबलामा लिएर आउनका लागि । यो त मनशाय रहेछ कि अब यी सबै मानवता विरोधी र हत्याराहरुको राजबाट पर्दा हटोस् सबले सत्य थाहा पाऊन् र छरिएका भ्रम र झुट चिरियोस् । अनि मात्र अल्लाहको आदेश अनुसार स्वयं शहीदेआजम इमाम हुसैन अलैहिस्सलामले पर्दाफास गर्नका लागि करबला एक एक यजीदीहरुलाई लिएर आउनु भएको थियो । जसलाई करबलाको रेगिस्तानमा लुक्ने ठाँउ पनि भेटिएन । अब त भ्रम छैन होला कि ‘कसले कसलाई र किन करबला लिएर आएका ।’

प्रतिक्रिया

प्रतिक्रिया