वडामा दीर्घकालीन विकासको आधारस्तम्भ तयार भएको छ

दीपक कुमार बर्मा नेपालगन्ज उपमहानगरपालिका १८ का वडाध्यक्ष हुन् । नेकपा एमाले बाँकेका सहसचिव समेत रहेका युवा नेता आफ्नो वडाको विकासलाई वडाले प्राथमिकतामा राखेको बताउँछन् । नेपालगन्ज– १८ का लागि आफ्नो कार्यकालमा वडाध्यक्ष बर्मा नेतृत्वको टिमले के के गर्यो त ? संक्षिप्त कुराकानी तपसिल रहेको छ ।

तपाईको कार्यकाल कस्तो रह्यो ?
मैले नेतृत्व गरेको अहिलेको वडा नम्बर १८ को टिमले पाँच बर्षमा गरेको कामबाट सन्तुष्ट छु । वास्तवमा भन्ने हो भने, मेरो वडामा दीर्घकालीन विकासको आधारस्तम्भ तयार भएको छ ।

२०७४ सालमा वडाध्यक्ष निर्वाचित हुँदा जनताले २० बर्षपछि जनप्रतिनिधि पाएका थिए । दुई दशक विकास निर्माण ठप्प प्रायः रहेको थियो । जनताका अपेक्षा धेरै थिए, स्रोत कम । नजिकको सरकार वडा हो । त्यसैले वडासँग जनताको धेरै अपेक्षा रहनु स्वाभाविक पनि थियो । बाटोघाटो होस् वा स्वास्थ्य, शिक्षाका सवाल पहिलो अपेक्षा जनताले वडासँग नै राख्दथे ।

वडाको सीमित बजेट, जनताको थुप्रो अपेक्षा । वडाको बजेटबाट मात्रै सबै विकास, निर्माणका काम गर्न सम्भव हुँदैनथ्यो । मैले नगरपालिकाबाट मात्रै नभई प्रदेश र संघीय सरकारको ढोकासम्म पुगेर वडाका लागि बजेट विनियोजन गराउन सफल भएँ । त्यसले वडामा दीर्घकालीन विकासको आधारस्तम्भ तयार भएको हो ।

अझै धेरै गर्न सकिन्थ्यो, दुई बर्ष कोरोनाले प्रभाव पार्यो । पहिलो लहरमा भएको लकडाउनमा वडाका कतिपय खानाकै समस्या हुन थाल्यो । अर्को तर्फ सामाजिक दुरी कायम गर्नुपर्ने बाध्यता थियो । तर, जनप्रतिनिधि भएका कारण म लकडाउनमा घरमै सीमित भएन । सकेसम्म सामाजिक दुरी कायम गरेर खाद्यान्न अभाव भएकाको घरमा खाद्यान्न पुर्याइयो । वडामा कोरोना विरुद्ध सचेतनाका कार्यक्रम मात्रै सञ्चालन गरिएन मास्क, सेनिटाइजर जस्ता स्वास्थ्य सामाग्री पनि वितरण गरियो । वडामा कोरोना संक्रमण देखिएका स्वास्थ्य चेकजाँच तथा उचित उपचारका लागि पहल गरें ।

लकडाउनका बेला पूर्वाधारको काम सकेसम्म सञ्चालन गरेर बजेट फ्रिज हुन नदिन सक्दो प्रयास गरेको थिएँ । जसले अहिलेको पूर्वाधार विकासको उपलब्धीमा ठुलो सहयोग पुर्यायो ।

विकासलाई प्राथमिकता दिएँ भन्नु भयो, बाटोघाटो तथा नाला कति निर्माण गर्नु भयो ?
म वडाध्यक्ष निर्वाचित हुँदा जनताको पहिलो अपेक्षा नै आफ्नो घर अगाडि, आफ्नो बाटो बनोस् भन्ने रहेको थियो । त्यसैले सुरुका बर्षमा बाटो तथा नाला निर्माणलाई विशेष प्राथमिकता दिएर अगाडि बढाएको थिएँ । त्यो अहिले पनि जारी रहेको अवस्था छ । विकासको आधार तयार भएको छ, त्यसलाई निरन्तरता दिन धेरै योजनाहरु प्रस्ताव पनि गरेको छु, पाइपलाइनमा छन् ।

वडामा ५.१० किलोमिटर सडक पिसिसि तथा नाला निर्माण गरेको छु । विभिन्न आर्थिक वर्षमा १२ किलोमिटर ग्रावेल र माटो पटान गरेको छु । भुजई गाउँमा सडक कालो–पत्रे ५००, नागरिकटोलमा सडक कालो–पत्रे ५०० मिटर, तेजनगरमा सडक कालोपत्रे, कारकाँदौ गाउँमा सडक कालो–पत्रे, ट्राभलर्स भिलेजमा सडक कालोपत्रे र बाँकी रहेको भागमा टेन्डर भईसकेको छ ।

कारकाँदौ चोक देखि सुर्जीगाउँ चोक तथा उत्तर लग्दहवा सम्म सडक कालोपत्रे, अञ्चल प्रहरी कार्यालय देखि लग्दहवा हुदै बसुदेवपुर जाने सडक अस्फाल्ट कालोपत्रे, ऋचा लुईटेलको घर देखि राधा स्वामी आश्रम सम्म अस्फाल्ट सडक कालोपत्रे, एसके पम्प देखि सुन्दर शाहको घर सम्म कालो–पत्रे निर्माण, सिक्टा प्रहरी विट देखि पूर्व अमरनगर हुदै सिद्धार्थभ्यू पूर्व सडक कालोपत्रे भएको छ ।

सिक्टा सिचाई पछाडी करम कोईरालाको घर देखि लग्दहवासम्म आर सि.सि. नाला सहित सडक कालोपत्रे, हनुमान मन्दिरदेखि लग्दवा सम्म आर सि.सि. नाला सहित सडक कालोपत्रे, सिद्धार्थभ्यूदेखि पश्चिम दुर्गा भगवती टोलसम्म सडक कालोपत्रे, बुद्ध चोकदेखि पूर्व बसुदेवपुर जाने सडक कालोपत्रे, नहरदेखि सोल्टी होटलसम्म सडक कालोपत्रे भएको छ । आ.ब. ०७८/०७९ मा ३ करोडको लागतमा प्रहरी तालिम केन्द्र देखि पश्चिम सगरमाथा बोर्डिङ्क स्कुलसम्म तथा उत्तर दिप नगर कारकाँदौ गाउँ हुँदै वाईपास सडक आर सि.सि.नाला सहित कालो–पत्रे निर्माण कार्य जारी रहेको छ ।

रु.९० लाखको लागतमा वडा नं १८ को विभिन्न टोलमा ७ वटा टोलमा नाला सहित पि.पि.सि. सडक निर्माण टेण्डर भई एक वटा सम्पन्न बाँकी केही दिनमै सुरुवात हुँदैछ । वडाको रु.३० लाख वजेटबाट भाटभटेनीदेखि पश्चिम सडक कालो–पत्रे निर्माणका लागि सम्झौता भइसकेको, वडाको रु.४२ लाख वजेटबाट नाला सहित पि.सि.सि. निर्माण कार्य सुचारु छ । नयाँ बस्तीमा कल्भर्ट निर्माण भएको छ ।
निर्माण व्यवसायीको देशव्यापी आन्दोलनले चालु विकास निर्माणका ५/७ वटा काम प्रभावित भएका छन् । आशा छ, छिट्टै ती काम पनि हुन्छन् । विकासका लागि जनताले गरेका सबै अपेक्षा पुरा हुनेगरि काम भए, भइरहेका छन्, हुन्छन् ।

स्वास्थ्यका क्षेत्रमा के के गर्नुभयो ?
वडा कार्यालयमा रहेको स्वास्थ्य चौकीलाई व्यबस्थापन गरिएको छ । त्यसलाई कम्तिमा १५ शैयाको अस्पताल बनाउने मेरो सोंचलाई मूर्त रुप दिन खोजिंदैछ । वडामा ३ आर्थिक वर्षमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो । जहाँ कयौं नागरिकले स्वास्थ्यसेवा लिनुभयो, निरन्तर यसखालका योजना वडाबाट अगाडी लगिनेछ । स्वास्थ्य सेवा प्रभावकारी बनाउन वडाको स्वास्थ्य चौकीमा रहेको स्यमंसेविकालाई परिवाहन भत्ताको व्यबस्था गरेको छु ।

विश्वभरी फैलिएको कोरोना महामारीमा वडाबाट ६२० जानलाई राहत तथा मास्क साबुन वितरण गरिएको थियो । विभिन्न व्यक्ति तथा संघ–संस्थाको सहयोगबाट कोरोना कालमा ८०० जना जसमा वडावासी /भाडामा बस्ने गरिब मजदुर तथा विद्यार्थिहरुलाई खाद्यान्न वितरण पनि कोरोनाका कारण भएको लकडाउनमा गर्यौं ।

कोरोनाको दोस्रो कहरबाट प्रभावित वडावासी तथा नगरवासीका लागि वडा अध्यक्षको व्यक्तिगत लगानीबाट डेढ महिना निःशुल्क एम्बुलेन्स संचालन गरेको थिएँ । कोरोनामो दोस्रो लहरमा डाक्टर नर्सको टिमलाई वडाका स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी तथा जनप्रतिनिधि कर्मचारी सवै संयुक्त रुपमा वडा भित्र रहेको कोभिड प्रभावित वासीको घर दैलोमा पुगी चेकजाँच गरि औषधी सहित आवश्यकता अनुसार अक्सिमिटरको व्यबस्था गरेको थिएँ ।

शिक्षामा तपाई गरेका काम के के हुन् ?
वडामा रहेका सामुदायिक विद्यालयलाई व्यवस्थित बनाउने प्रयास रहयो । वडामा रहेको लग्दहवामा माविमा शिक्षकको आवश्यकता परिपूर्ति गर्नका लागि दीर्घकालीन स्रोत आवश्यक रहेको थियो । त्यसैले मा.वि. लग्दहवामा निजी श्रोतबाट शिक्षक राख्नका लागि रु.३५ लाखमा सटर निर्माण जारी रहेको अवस्था छ । त्यसको आम्दानीबाट निजी स्रोतबाट शिक्षक राखिनेछ । अब दीर्घलालिन स्रोतको आधार तयार भइरहेको छ ।

मावि लग्दवामा रु.२० लाखको लागतमा भवन निर्माणका लागि प्रदेश सरकारबाट वजेट विनियोजन भएको छ । संगमनगर ने.रा. प्रा. वि.को स्तरोन्नती गरिएको छ । पाटेश्वरी प्रा. वि .भुजई गाउँमा रु ५ लाखको वजेट वडा बाट विनियोजन गरि स्तरोन्नती कार्य जारी छ । पाटेश्वरी प्रा. वि. भुजई गाउँमा २ कोठे भवन निर्माणका लागि नगरपालिकाको शिक्षा शाखाबाट निर्माण सम्पन्न भएको छ । वडाको सामुदायिक विद्यालयमा रहेका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई कपी कलम तथा झोला वितरण गरिएको छ ।

विकासको अर्काे सूचक खानेपानी तथा सरसफाई पनि हो । त्यसका लागि के के प्रयास भए त ?
खानेपानीको व्यवस्थित वितरण तथा सरसफाईका क्षेत्रमा वडामा उल्लेखनीय काम भएका छन् । वडा भरीमा १९० वटा खानेपानी धारा जडान भएको, वडाको सरसफाईका लागि तथा फोहोरलाई व्यबस्थित गर्नका लागि वडाबाट ट्रेक्टर संचालन गरिएको छ ।
वडाको भुजई गाउँ तेली टोल तथा नाउँ टोलमा रहेको इनार मर्मत तथा वडा भरीमा २४ घरमा शौचालय निर्माण गरिएको छ । सार्वजनिक शौचालय निर्माण गरिएको छ । हाम्रो वडा, राम्रो वडा– सफा वडाको अभियानले मूर्त रुप पाइरहेको छ ।

वडालाई उज्यालो बनाउने अभियान थाल्नु भएको थियो, केके गर्नुभएको छ ?
वडाको वजेटबाट ४ थान हाईमाष्ट लाइट जडान गरिएको छ । वडा भरी विभिन्न टोलमा ४५० घर धुरीमा सोलार बत्ती जडान गरिएको छ । वडा भरी सवै टोलमा रहेको विद्युत पोलहरुमा स्ट्रीट तथा सी एफ एल बल्ब जडान गरिएको छ । प्राईभेट कम्पनीबाट समन्वय गरी कारकाँदौ चोकबाट एस के पम्प सम्म सुर्खेत रोडमा सोलार पोल जडान गरिएको छ, वडामा ५ वटा सोलार पोल व्यबस्थापन गरिएको हो । वडामा विभिन्न आ.ब.मा ह्युमपाई तथा विद्युतपोलको व्यबस्था गरेको छु ।

कृषिका क्षेत्रमा केही भएका काम जानकारी गराइदिुनस् न !
आ.ब. ०७८÷०७९ मा कृषक खेतिमा सिचाईका लागि ५ वटा बोरिङ्क जडानका लागि वजेट विनियोजन गरेको छु । वडामा एक वटा तरकारी बजार निर्माण गरिएको छ जुन सुचारु हुन बाँकी छ ।छिट्टै त्यो पनि सञ्चालनमा आउँछ ।

ज्येष्ठ नागरिक, दलित, अपाङ्गता क्षेत्रका लागि के काम भए नि !
व्डा भरिका ६ सयबढी जेष्ठ नागरिकलाई यसै वर्ष सम्मान सहित कम्बल वितरण गरिएको छ । वडा भरीमा अपाङ्गगता भएका व्यक्तिको डाटा कलेक्शन गरेको छु । वडाबाट सिलाई कटाई तालिम गराई स्वारोगार बनाउनका लागि समुह बनाई सिलाई मेशसन वितरण गरिएको छ । वडामा विभिन्न आ.ब.मा अपाङ्गता भएका व्यक्तिहरुका लागि कार्यक्रम संचालन गरेका छौं ।
वडा भित्र रेहेको लक्षित वर्गलाई आय–आर्जन तथा नाईहरुलाई स्वरोजगार बनाउनका लागि सामाग्री वितरण गरिएको छ । वडा भित्रका सम्पूर्ण जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको छ । वडा भित्र दलित महिला भवनन निर्माणका लागि रु १ लाख सहयोग गरिएको छ । जेष्ठ नागरिक कार्यालय संचालन तथा योग संचालनका लागि सहयोग गरिएको छ ।

खेलकुदलाई कत्तिको प्राथमिकता दिनुभयो ?
वडामा एक आ.ब.मा ब्याटमिन्टन प्रतियोगिता सम्पन्न गराएको छ । वडा भित्र विभिन्न आर्थिक वर्षमा खेलकुद सामाग्री वितरण गरेको छ । युवा क्लबहरुले माग गरे अनुसारका योजना दिने गरिएको छ ।

पार्क, धार्मिक स्थल कति बने, कति संरक्षण गरियो वडा नं. १८ मा ?
वडामा ३ वटा पार्क निर्माण भएको छ । ६० प्रतिशत भाग १८ नं वडामा रहेको वाटर पार्कलाई ब्यबस्थापन गरेको छ ।
वडा भित्रमा लग्दहवामा पञ्चमुखी हनुमान मन्दिर निर्माण, शिवशक्ति मन्दिरमा पुजारी बस्ने भवन निर्माण, शिव पार्वती एवं कालिमाता मन्दिर र दुर्गा भगवती मन्दिरको जीर्णोद्वार गरिएको छ । कारकाँदौ गाउँमा कालीमता मन्दिरको निर्माण गरिएको छ । राधाकृष्ण मन्दिरमा फिल्टर भएको खानेपानीको ट्याङ्की जडान गरिएको छ । कारकाँदौ गाउँमा आ.ब.०७८/०७९ मा शम्सा घाट निर्माणका लागि वजेट विनियोजन भइसकेको छ ।

ओम शान्ति भवन निर्माणका लागि रु १ लाख सहयोग गरिएको छ भने लग्दहवा गाउँको जगन्नाथी मन्दिर निर्माण कार्य सुचारु गरिएको छ । वडा कार्यालयलाई व्यबस्थित गरेको वडामा सेवा ग्राहीका लागि प्रतिक्षालय तथा भवन अगाडी पार्किङ्ग व्यबस्था गरेका छौं ।

स्वरोजगारका क्षेत्रमा केही भएनन् की ?
होइन, धेरै काम भएका छन् । सबै कुरा उल्लेख गरेर सम्भव नहोला । विकासका सबै सूचकहरुमा काम भएको छ । रोजगारीका सवालमा पनि प्रधानमन्त्री रोजगार कार्यक्रमदेखि सीपमूलक तालिम सञ्चालनसम्मका काम भएका छन् । वडाभित्रका नाइहरुलाई स्वरोजगारका लागि आवश्यक उपकरण सहयोग गरिएका छन् । गरिबीको रेखामुनि रहेका नागरिकका लागि लक्षित काम गरिएका छन् । आयआर्जनका लागि बनाइएका तमाम योजनाहरु कार्यान्वयन चरणमा पनि छन् ।

प्रतिक्रिया

प्रतिक्रिया