गिरिराज पौडेलको नेतृत्वमा संगठन

प्रगतिशिल प्राध्यापक संगठन, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज इकाइको अध्यक्षतामा गिरिराज पौडेल निर्वाचित भएका छन् । पौडेलको अध्यक्षतामा शनिबार सर्वसम्मत निर्वाचित इकाइ समितिमा रमाकान्त गौतम उपाध्यक्ष, दमनध्वज डिसी सचिव र रेशम चापागाईं कोषाध्यक्ष छन् ।

सदस्यहरुमा हरि बहादुर क्षेत्री, रविन्द्र प्रसाद उपाध्याय, श्रीधर अधिकारी, भक्त बहादुर विष्ट लगायत सर्वसम्मत निर्वाचित भएको उपाध्यक्ष गौतमले जानकारी दिए ।

त्यसअघि शनिबार नै प्रगतिशिल प्राध्यापक संगठनका केन्द्रीय अध्यक्ष प्रा.डा. बेदराज केसीले इकाइ अधिवेशन उद्घाटन गर्दै शैक्षिक क्षेत्रका विकृति विसंगति विरुद्ध जुध्न आग्रह गरे ।

संगठनका इकाइ अध्यक्ष गिरिराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा त्रिभुवन विश्वविद्यालय परीक्षण नियन्त्रण कार्यालयका सहनियन्त्रक समुन गौतम, प्रजातान्त्रिक प्राध्यापक संघका इकाइ अध्यक्ष डा. राजेश केशर खनाल, नेपाल राष्ट्रिय प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस इकाइ विष्णु केसी लगायतले विषयगत धारणाहरु राखेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया