बाँके : किसानलाई ३६ प्रतिशत क्षतिपूर्ति

हिमाल गैरे

देशका विभिन्न भागमा गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म भएको बेमौसमी वर्षात् धानबालीमा क्षति पुगेका किसानले आंशिक क्षतिपूर्ति पाउने भएका छन् ।

बाँकेमा झण्ड ३८ करोड ७८ लाख ६० हजार ६ सय ८ रुपैयाँ क्षतिको दाबी किसानले गरेको तथ्यांक रहेको छ । तर, राहत भने १० करोड मात्रै आएको छ । माग अनुसार क्षतिपूर्ति रकम नआएपछि जिल्ला विपद् व्यवस्थापन समितिले आंशिक क्षति मानेर ३६ प्रतिशत क्षतिपूर्ति वितरण गर्ने भएको हो । समितिले राहत रकमलाई पहिलो किस्ता मानेर सबै प्रभावित परिवारलाई मापदण्ड अनुसार आंशिक क्षति मानेर क्षतिपूर्ति दिइन लागेको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले समितिको निर्णय अनुसार क्षतिपूर्ति रकम खातामा पठाउन सुरु गरिएको जानकारी दिएका छन् । क्षतिपूर्ति रकम १० करोड रुपैयाँ ३९ हजार ४ सय ८२ घरधुरीलाई पठाउनु पर्ने भएकाले केही समय लाग्ने उनले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया