खुल्यो मेरो प्लानेटः शुभारम्भमै अवसरका खुशी

नेपालगन्जले पायो ठूलो पर्दामा खेलने अवसर
मेरो प्लानेटले आफ्नो औपचारिक उद्घाटनको अवसरमा Youत्सव Talent Festival को आयोजन गरि नेपालगञ्जको युवा कलाकारहरूलाई ठूलो पर्दा मा खेलने अवसर जुराएको छ।

फिल्म निर्देशक शोभित बस्नेतले नेपालगञ्जका कलाकार जास्मिन थापा, काजल शाही, प्रांजल गुप्ता, किशोर हमाल र अर्जुन कार्कीलाई आफ्नो आउने नया फिल्ममा खेल्ने अवसर प्रदान गर्नुभएको छ।Youत्सव Talent Festival मा देशभरी बाट आएका तीस कलाकार मध्ये विदुषा डान्स ग्रुप ले रु एक लाखको नगद प्रथम पुरस्कार पाउँन सफल भएको छ।

त्यसै गरि पचास हजार को दोस्रो र तीस हजार को तेस्रो पुरस्कार पाउन् क्रमशः सगरमाथा डांस सेंटर र रॉयल डांस एकेडमी सफल भएका छन्।फिल्म निर्देशक शोभित बस्नेत, चर्चित लोक गायक कमल निर्मोही र नृत्य निर्देशक नवराज सुबेदीले सो प्रतियोगितामा जजको भूमिका निर्वाह गर्नुभएको थियो ।

उक्त अवसरमा मेरो प्लानेटले आफ्नो नया क्विक सर्विस रेष्टुरेण्ट चटकारेको पनि उद्घाटन गरेको छ। चटकारेले मेरो प्लानेट परिसर भित्र विभिन्न प्रकारका पेय पदार्थ, चाटका परिकार, नेपाली खाना, भारतीय तथा दक्षिण भारतीय खाना , चिनियाँ परिकार, र इटालियन खाना पनि उपलब्ध गराई रहेको छ।

यसैगरि मेरो प्लानेटले आफ्नो वाटरपार्क हिप हिप हुर्रे पनि सञ्चालनमा ल्याएको छ।बिहान १० बजे देखि राति १० बजे सम्म सञ्चालन हुने सो पार्क मा रेन डांस, म्यूजिक सिस्टम, डी जे, पानी को झरना, मान्छे उडाउने स्लाइड, विश्वको पांचौ सबैभन्दा ठूलो गरि चार ओटा Swimming pool रहेका छन्। पार्कमा आउने गेस्टले आफ्नो अनुभव अतुलनीय रहेको बताउनुभएको छ।

प्रतिक्रिया

प्रतिक्रिया