प्रतिनिधिसभा विघटनलाई बदर गर्यो सर्वोच्च अदालतले, १३ दिन भित्र बैठक बोलाउन आदेश


सरकारले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक ठहर गरेको हो ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् ।

यससँगै प्रतिनिधिसभा पुनस्थापना भएको छ ।

प्रधानमन्त्रीलाई संविधानको धारा ७६ को उपधारा ७ बमोजिम प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको सर्वोच्चले आदेश गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया