जुमा कप फुटबलको दोस्रो संस्करण घोषणा, भीड्दै व्यवसायी

जुमा स्पोर्टस् क्लबले वस्तुगत व्यवसायीहरु बीच गर्दै आएको फुटबल प्रतियोगिताको दोस्रो संस्करण घोषणा गरेको छ । शुक्रबार वस्तुगत व्यवसायीका प्रतिनिधिहरु बीच क्लबका पदाधिकारीहरुले दोस्रो जुमा कप वस्तुगत तथा पेशागत फुटबल प्रतियोगिता २०७७ को घोषणा गरेका हुन् ।


अधिकतम १६ टिम बीच लिग कम नकआउटका आधारमा आगामी फागुन २७ गतेदेखि प्रतियोगिता आयोजना हुने गरी तयारी अगाडि बढाइएको क्लब अध्यक्ष भीम बहादुर रानाभाटले जानकारी दिए । ओलम्पियन समेत रहेका प्रदेशसभा सदस्य सुरेन्द्र हमाल संयोजक र नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ सहसंयोजक रहेको आयोजक मूल समिति गठन गरेर आयोजनालाई नयाँ स्वरुपमा लैजान खोजेको जुमाले यसपटकदेखि पेशाकर्मीहरुलाई पनि प्रतियोगितामा समेट्ने भएको छ ।
‘व्यवसायिक एकता र खेलकुदको विकास नै हाम्रो उद्देश्य हो’, अध्यक्ष रानाभाटले पेशाकर्मीहरुलाई जोड्नुको कारणबारे भने, ‘यसले आयोजनाको दायरालाई फराकिलो बताउँदैछ ।’

कार्यक्रममा आयोजनाको तयारी बारे विभिन्न क्षेत्रका प्रतिनिधिहरुले सुझाव समेत दिएका थिए । आयोजनालाई व्यापक बनाउन २१ बुंदे नियमावली समेत शुक्रबार सरोकारवालाहरु बीच सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया