किन हराउँछन् बालबालिका ?

बाँकेको कोहलपुर नगरपालिका २ बिकासनगरकी १४ वर्षिय उषा विसी हराएको महिला बित्न लाग्यो । उनीसँगै उनकी एक साथी पनि हराएकी छन् । दुवैको अझै अत्तोपत्तो छैन । खोजीका लागि प्रचारप्रसार उजुरी परिवारले गरेका छन् । परिवारका सदस्य दिनेश ओलीले अझै सम्म उषाको कहाँ, कोसँग किन गइन् वा कसले लग्यो भन्ने पत्ता नलागेको जानकारी दिए । ‘सम्भावित ठाउँ खोज्यौं बालिकाका अवस्था पत्ता नलाग्दा परिवार तनावमा छ’, उनले भने ।


कोहलपुर नगरपालिका–२ बिकासनगरकी उषा माघ ५ गते स्कुल जानका लागि घरबाट निस्किएपछि घर फर्किएकी छैनन् । उनी सँग सोही उमेरकी अर्की बालिकाको पनि अवस्था पत्ता लाग्न सकेको छैन ।

कोहलपुर नगरपालिका–१२ चप्परगौंडीकी १६ वर्षिय बालिका गत माघ २५ गते घरबाट बाहिर निस्किएकी थिइने । १६ बर्षीया बालिका रेणुका अधिकारीले सोही दिन राती आफ्नी आमा सँग सम्पर्क गरी काठमाडौं पुगेको बताइन् । त्यसपछि रेणुका परिवारको सम्पर्कमा छैनन् । ‘रेणुले काठमाडौंबाटै खबर गरिन् वा अन्त बाट त्यो पुष्टि हुन सकेन, हामी तनावमा छौं र खोज्दै छौं’, रेणुका आफन्त अर्जुन अधिकारीले भने ।


पछिल्लो समय बाँकेका महिला तथा बालबालिकाहरु हराएको भन्दै संघ, संस्था तथा प्रहरीमा उजुरी दिने क्रममा बढ्दो छ । हराएका मध्ये केही भेटिने पनि गरेका छन् । बाबु आमासँग रिसाएर घर छाड्ने, उमेर नै नपुगी प्रेम विवाह गर्ने, अरुको लहलहैमा हिड्दा बालबालिका आफन्तबाट सम्पर्क विहीन हुने गरेको पाइन्छ ।


माइती नेपाल नेपालगन्जको तथ्यांक अनुसार सन् २०२० मा बाँकेका मात्रै ८० जना महिला तथा बालबालिकाको खोजीका लागि उजुरी परेको थियो । माइती नेपालगन्जमा सन् २०२० मा विभिन्न जिल्लाका खोज तलासका लागि २ सय ९२ वटा उजुरी परेका थिए । जसमध्ये १ सय ३० फेला परेको तथ्यांक रहेको छ । माइती नेपालगन्जमा सन् २०२० मा कोहलपुरको २३, नेपालगन्जको १७, राप्तीसोनारीको ४, बैजनाथका १३, खजुराका १५, जानकीको ५ र डुडुवाको ३ जना हराएको भन्दै खोजतलासको उजुरी परेको थियो ।


सिविन नेपाल नेपालगन्जमा पनि बालबालिका हराउँदा खोजीका लागि निवेदन पर्ने गरेको छ । सिविनले भारतमा फेला पर्ने बालबालिका समेत समन्वय गरी उद्दार गरेर नेपाल ल्याउने गरेको छ । सिविन नेपाल, नेपालगन्जका सिद्धराज पनेरु सिविनमा बालबालिका सम्बन्धी विभिन्न खालका उजुरी पर्ने गरेको बताउँछन् ।

पनेरु प्रेम विवाह, कामका लागि भन्दै लहैलहैमा घर छाडेर बालबालिका हिड्ने गरेको पाइने गरेको बताउँछन् । केहीलाई अभिभावकले समेत समेत अलपत्र पार्ने गर्दा अभिभावक नै खोज्न नसकिने गरेको बताउँछन् । प्रेममा भागि विवाह गर्ने कतिपय बालबालिका भने आफै परिवारको सम्पर्कमा आउने र उनीहरुको भविष्यलाई मध्य नजर सोही अनुसार सम्झाई बुझाई प्रहरी समन्वयमा घर पठाउने गरेको उनी बताउँछन् ।


सिविन नेपालगन्जमा गत बर्ष दुई बालिकालाई अभिभावकले नै छाडेर गरेको घटना सम्झदै पनेरु भन्छन् नेपाली बोल्न नजान्ने उनीहरुलाई हाल जानकी गाउँपालिकाको समन्वयमा एउटा संस्थाले आश्रय दिएको छ ।


बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम राना प्रहरीमा बालबालिका हराएको खोजीका लागि आउने उजुरीमा खोजबिनका लागि सक्दो प्रयास गर्ने गरेको बताउँछन् । प्रविधिको प्रयोग बढ्दै गएपछि आपसी चिनजान सम्पर्ककै आधारमा अभिभावक छाडेर हिड्ने, पढ््न मन नलागेपछि अरुको उक्साहटमा कमाउन हिड्ने र कतिपयलाई प्रलोभनमा पारिएको विभिन्न घटनाबाट देखिएको उनी बताउँछन् ।


बाँकेमा अलपत्र परेका, अभिभावकविहीन बालबालिकालाई आश्रय दिनका लागि संघ, संस्थाहरुले दीर्घकालीन सेल्टर सञ्चालन गर्दै आएका छन् । उनीहरुले अभिभावक नभेटिएका, अभिभावक नभएका असहाय बालबालिकाको भविष्य सुनिश्चित गर्न खानपानदेखि अध्यापन समेतको व्यवस्था गर्दै आएका छन् ।


बाँकेमा एपोस्टल, माया सदन, समाज विकास तथा प्रवद्र्धन केन्द्रले बालबालिकालाई आश्रय दिंदै आएको छ । समाज विकास तथा प्रवद्र्धन केन्द्रका अध्यक्ष मिन अर्याल हाल संस्थाको संरक्षणमा १४ जना बालबालिका रहेका छन् । जसमध्ये ५ बालक र ९ बालिका रहेका छन् । केन्द्रमा रहेका ४ जनाको अभिभावक र ठेगानाको पत्तो छैन । बाँकीका बाबु आमाले सन्तान छाडेका छन् भने कसैको अभिभावक नै छैनन् ।

प्रतिक्रिया

प्रतिक्रिया