प्रदेशमा नेपालगन्जबाट आशिष श्रेष्ठ, क्षेत्रीय समितिमा आचार्य

नेपाल मसलन्त तथा शैक्षिक सामाग्री उद्योग संघ लुम्बिनी प्रदेश समितिको तेस्रो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ ।
बुटवलका कमल नेपालका अध्यक्षतामा संघको लुम्बिनी प्रदेश समिति सर्वसम्मत चयन भएको हो । समितिमा नेपालगन्जका युवा व्यवसायी आशिष राज श्रेष्ठ उपाध्यक्ष चयन भएका छन् । रुपक अर्याल सचिव, विष्णु खनाल सहसचिव चुनिएको समितिमा नेपालगन्जका वरिष्ठ व्यवसायी राम प्रसाद गौतम सदस्य चयन भएका छन् । समितिको सदस्यमा श्रवणकुमार जैसवाल लगायत छन् ।
त्यस्तै, शनिबार नै दाङ्गमा भएको संघको बाँके, बर्दिया क्षेत्रीय समितिमा किशोर कुमार आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।
प्रदेश उपाध्यक्ष आशिषराज श्रेष्ठका अनुसार, क्षेत्रीय समितिमा राजु प्रसाद काफ्ले उपाध्यक्ष, ज्ञानेन्द्र अधिकारी सचिव, दिलिप जैसवाल कोषाध्यक्ष छन् । गोपालदत्त भट्ट, लिलाधर जोशी, नर बहादुर विष्ट र महेश कुमार सापकोटा कार्यसमिति रहेको क्षेत्रीय समितिले बाँके र बर्दियाका व्यवसायीलाई संगठित गर्दै व्यवसायिक हकहितका लागि क्रियाशिलता बढाउने जनाएको छ । सुर्य प्रसाद पराजुलीको अध्यक्षता बुटवल क्षेत्रीय समिति चयन भएको छ ।
त्यसअघि नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघका अध्यक्ष कमल भण्डारीको अध्यक्षतामा औपचारिक कार्यक्रम आयोजना भएको थियो ।