सिडियोले व्यापारीलाई भने, तस्करी रोक्ने हो ?


बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले अबैध तस्करी रोक्न उद्योगी व्यवसायी र सम्बद्ध सरोकारवालाको साथ मागेका छन् ।


५३ औं स्थापना दिवस मनाइरहेको नेपालगन्ज उद्योग वाणिज्य संघमा बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम रानासहित पुगेका प्रजिअ कुरुम्वाङले शुक्रवार कठोर ढंगले भने, ‘तस्करी रोक्न प्रहरी प्रशासनले चाह्यो भने सक्छ भन्ने मेरो बुझाइ बाँकेमा आएर सफल भएन ।’
आन्तरिक राजस्व कार्यालयका प्रमुख, वाणिज्य कार्यालयका प्रमुख लगायतका सरकारी अधिकारी समेत सहभागी कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष, कार्यसमिति पदाधिकारी सहभागी थिए । ‘तस्करी रोक्ने हो भने हामीलाई तपाईंहरुको साथ चाहियो,’ प्रजिअ कुरुम्वाङले निराश हुँदै भने, ‘हाम्रो प्रयासबाट ५० प्रतिशत तस्करी कन्ट्रोल भइसकेको छ, अब सकिएन ।’
प्रजिअ कुरुम्वाङले त्यसो भनिरहँदा सहभागी ‘पीनड्रप साइलेन्स’ थियो । उनलाई कार्यक्रम सञ्चालक संघका महासचिव चिरन्जीवी ओलीले मञ्चमा बोलाउँदा तस्करी नियन्त्रणमा बाँके प्रहरी प्रशासनले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

संघका अध्यक्ष अब्दूल वाहिद मन्सुरीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वअध्यक्षहरु कन्हैया टण्डन, अच्यूत प्रसाईं, शतिसचन्द्र अग्रवाल, दामोदार आचार्य, सुनील कुमार शर्मा, कृष्ण प्रसाद श्रेष्ठ, नन्दलाल बैश्यलाई प्रमुख अध्यक्ष नेपाल उद्योग वाणिज्य बाणिज्यका केन्द्रीय उपाध्यक्ष दिनेश श्रेष्ठले सम्मान गरेका थिए । संघले तीन दिनदेखि विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाइरहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया