क्रान्तिकारी विचारको रक्षा गर्न पार्टी पुनर्गठनको आवश्यक : नेता भट्टराई

नेकपा नेता योगश भट्टराईले क्रान्तिकारी विचारको रक्षा गर्न कम्युनिष्ट पार्टीलाई पुनर्गठन आवश्यकता भएको बताएका छन् । आइतबार नेपालगन्जमा बाँकेका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्ड–नेपाल पक्षधर नेता भट्टराईले क्रान्तिकारी विचारको रक्षा गर्नका लागि कम्युनिष्ट पार्टीलाई पुनर्गठनको ऐतिहासिक आवश्यकता भएको बताएका थिए ।


प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी ओली र प्रचण्ड–माधव नेपाल पक्षधरले छुट्टाछुट्टै भेला गरी आफ्ना पक्षधर नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिइरहेका छन् ।

कार्यक्रममा बोल्दै नेता भट्टराईले प्रधानमन्त्री ओली र राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन गरिनु गैर संवैधानिक कदम भएको बताए । उनले प्रतिनिधिसभा विघटनका लागि प्रयोग गरिएका धाराहरु वर्तमान परिस्थितिमा त्यस्तो कुनै अवस्था नरहेको स्पष्ट पारेका थिए ।


कम्युनिष्ट आन्दोलनको इतिहास, विगतमा भएका आन्दोलनका उपलब्धीहरुलाई प्रधामन्त्री ओलीले लत्याएको बताएका थिए । ठूलो पार्टी भित्र विवाद सामान्य भएपनि प्रधानमन्त्री ओलीले मिलाउन नसकेको नेता भट्टराईको धारणा थियो ।

कार्यक्रममा नेता दल बहादुर सुनार, नेकपा बाँके अध्यक्ष आइपी खरेलले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया