ज्यानमारा सडक, अढाई बर्षमा १ सय ६६ को ज्यान गयो

ट्राफिक नियमको पालनामा भएको लापरवाहीका कारण बाँकेमा अढाई बर्षमा १ सय ६६ जनाले अकालमा ज्यान गुमाएका छन् । कहिले सडक यात्रुको लापरवाही त कहिले सवारी चालकको लापरवाहीका कारण सडकमा हुने दुर्घटना न्यूनीकरण हुन सकेको छैन । दुर्घटनाका कारण कतिपय जीवनभर अपाङ्ग बन्नुपर्ने अवस्था देखिन्छ । अधिकांस दुर्घटनामा यान्त्रिक कारण भने न्यून हुने गरेको प्रहरी अधिकारी बताउँछन् । ‘अधिकांस दुर्घटना तिव्र गति र चालकको लापरवाहीले हुने गएको पाइन्छ’, प्रहरी अधिकारीहरु भन्छन् ।


बढी जसो दुर्घटनाका तिव्र गति र चालकको लापरवाहीले हुने गरेको तथ्यांक जिल्ला ट्राफिक कार्यालय बाँकेको तथ्यांकले देखाएको छ । चालु आ.व.को पुस ७ गतेसम्म बाँकेमा दुर्घटनाका कारण २२ जनाको ज्यान गएको छ । ६७ वटा दुर्घटनामा ७१ जना घाइते भएको प्रहरी तथ्यांकले देखाएको हो । साउनमा ६, भदौमा ५, असोजमा ७, मंसिरमा १५, पुसमा २ जनाको दुर्घटनामा मृत्यु भएको थियो ।


आ.व. ०७५/०७६ मा ७१ जनाको ज्यान गरेको थियो । जसमा १७ गम्भीर र २७ जना सामान्य घाइते भएका थिए । उक्त आ.व.मा बाँकेमा ९९ सय वटा दुर्घटना भएको तथ्यांक ट्राफिक प्रहरी नरेन्द्र योगीले उपलब्ध गराएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार, दुर्घटनाको प्रमुख कारण तिव्र गति, चालकको लापवारही रहेको छ । आ.व. ०७५/०७६ मा तिव्र गतिका कारण ३९, चालकको लापरवाहीका कारण ३९ वटा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । ओभरटेकका कारण ७, मापसेका कारण ५, यान्त्रिक कारणले २, सडकको कारणले ३ र चौपायाको कारणले ३ वटा दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

उक्त आ.व.मा सबै भन्दा बढी दुर्घटना शुक्रबार, शनिबार, आइतबार र सोमबार हुने गरेको तथ्यांकले देखाएको छ । ९९ वटा दुर्घटना मध्ये शुक्रबार १८, शनिबार १९, आइतबार २० वटा, सोमबार १९ वटा, मंगलबार ४, बुधबार ११, बिहीबार ८ वटा भएका थिए ।

आ.व. ०७६/०७७ मा दुर्घटनामा ७३ जनाको ज्यान गएको छ । जसमा १ सय ५८ गम्भीर र १ सय २२ जना सामान्य घाइते भएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया