समय सकियो, लाइन उस्तै, बाकेमा ६१ प्रतिशत मत खस्यो

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बा“केमा निर्वाचन आयोगले दिएको समयसीमा सकिएपनि मतदाता अझै लाइनमै छन् ।

 

‘एउटै मतदान केन्द्रमा ३ सय बढीसम्म मतदाता लाइनमै छन्’, बा“केका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले नेपालगन्ज–२१ महाराजा मावि पुरैना केन्द्रको पछिल्लो अवस्था सुनाउ“दै भने, ‘हामी इमरजेन्सी लाइटको व्यवस्था मिलाउदैछौं ।’

 

५ बजिसक्दा नेपालगन्जको सरस्वति निमावि, बालमन्दिर लगायतका केही केन्द्रबाट मात्र मतदान सकिएको जानकारी आएको छ । ‘अधिकांस मतदान केन्द्रमा मतदाताहरु लाइनमै भएकाले मतदान जारी रहेको’ प्रजिअ केसीले बताए । उनका अनुसार, अहिलेसम्म ६१ प्रतिशत मतदान सकिएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया