दिपावलीमा पनि मिश्र चुनावी अभियानमा

नेपालगन्ज, २८ असोज÷ संयुक्त बाम गठबन्धनका तर्फबाट बाँके निर्वाचन क्षेत्र नं.२ बाट उम्मेदवार हुने पक्का भएका पशुपतिदयाल मिश्रले दिपावलीमा पनि निर्वाचन क्षेत्रका अगुवा कार्यकर्ता र मतदाताहरुसंगको भेटघाटलाई निरन्तरता दिएका छन् ।

 
नेकपा एमाले, नेकपा माओवादी केन्द्र र स्वतन्त्र राजनीतिक समुहको बाम गठबन्धनका तर्फबाट क्षेत्र नं. २ बाट उम्मेदवार हुने मिश्रले शनिवार डुडुवा गाउँपालिका वडा नं. ३ का अगुवा कार्यकर्ता र मतदाताहरुसंगको भेटघाट गरेका हुन् ।

 
नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अधिकाँश नेताहरु आसन्न प्रतिनिधीसभा र प्रदेशसभाको टिकटका लागि रस्साकस्सी चलिरहेको बेला नेता मिश्र भने चुनावी अभियान जारी राखेका छन । स्वतन्त्र राजनीतिक समुहका नेता मिश्र नेकपा एमाले बाँकेका तर्फ क्षेत्र नम्बर २ मा सर्वसम्मत सिफारिस भएका हुन् । उनी चुनाव चिन्ह सूर्यबाट निर्वाचन लड्न लागेका हुन् ।

 

 
घरदैलो र भेटघाट कार्यक्रम सुरु गरेका छौं, भेटघाटमा रहेका मिश्रल भने,– जनतामा केही भ्रम छ त्यो प्रष्ट पार्ने काम पनि गरिरहेको छु । मधेसी जनताको अधिकार र आत्मसम्मानको ग्यारेन्टीका लागि नै एमालेसंग सहकार्य गरिएको दावी गर्दै उनले कुनैपनि उम्मेदवार मुद्दा सम्बोधनको प्रमाण पेश गर्न नसक्ने बताए । उम्मेदवार मिश्रले वर्तमान परिस्थितिमा आप्mना मुद्दा सम्बोधन गराउन ठुला दलसंग सहकार्य नगरि सम्भव नरहेको बताउने गरेका छन् । उम्मेदवार मिश्रले भने,– मधेसमा मात्रै २÷४ सिट जितेर मधेसको समस्या समाधान हुन सक्दैन् । विगतको अनुभवले यो विफल भएकाले एमालेसंग मुद्दा सम्बोधनका लागि सहकार्य गरेका हौं ।

 

 
निर्वाचन परिचालनको पहिलो चरणमा अगुवा कार्यकर्तासंग गरिएको भेटघाट अन्तिम चरणमा पुगेको नेकपा एमाले बाँके प्रचार विभाग सदस्य शकील खानले जानकारी दिए । उनले पहिलो चरणको कार्यक्रम सम्पन्न भएपछि संयुक्त रुपमा निर्वाचन परिचालनको योजना निर्माण गरेर प्रचार अभियान संचालन गरिने बताए ।

प्रतिक्रिया

प्रतिक्रिया