‘मधेसलाई सबैभन्दा बढी माया गर्ने पार्टी एमाले’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसलाई सबैभन्दा बढी माया गर्ने पार्टी एमाले भएको बताएका छन् ।

आइतबार नेकपा एमाले बाँकेको आयोजनामा नेपालगन्जमा भएको उम्मेदवार घोषणा सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने, तराई मधेसलाई सबैभन्दा बढी माया गर्ने पार्टी नेकपा एमाले हो ।
तराई मधेसमा एमालेको ठूलो जनमत रहेको दाबी गर्दै एमाले अध्यक्ष ओलीले भने, निर्वाचन अघि सबैले एमालेलाई बढार्न खोजेपनि निर्वाचन परिणाम आउँदा एमालेले सबैलाई बढार्ने ठोकुवा गरे ।

कार्यक्रममा पार्टी नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफु प्रधानमन्त्री हुँदा तराई मधेसका लागि छुट्याएको बजेटको स्मरण गरे । उनले तराई र मधेसको विकासका लागि एमालेको विकल्प नरहेको बताउँदै विकासका लागि तराई मधेसका जनताले एमालेलाई बहुमतले जिताउने बताए ।

स्थानीय तहको निर्वाचनामा तीन वटा प्रदेशमा परिणाम अनुसार एक नम्बरको पार्टी बनेको एमाले दोस्रो चरणको निर्वाचनबाट एमाले र अन्य दल बीच ठूलो अन्तर भई एक नम्बरमै रहने बताए ।

एमाले सबै सामाजिक, धार्मिक, साम्प्रदायिक सद्भावका लागि प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष ओलीले भने, नेपालगन्जमा सम्शुद्दिन सिद्दिकी र शान्ति ढकालको उम्मेदवारी त्यसको नमूना भएको उल्लेख गरे ।

 

प्रतिक्रिया

प्रतिक्रिया