नेपालगन्जमा घुस लिदै गर्दा नासु समातिए

रविन्द्र सिंह ठकुरी

आज बुधवार दिउँसो भूमि सुधार कार्यालयका नासु शैलेन्द्र कर्णलाई घुसको रकम सहित अख्यितारले नियन्त्रणमा लिएको छ ।

मोही सम्बन्धी जग्गा बाँडफाँड मुद्दामा सेवाग्राही सँग २० हजार घुस लिंदै गर्दा अख्तियारले कर्णलाई रंगेहात समातेको बताइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कोहलपुर स्थित सम्पर्क कार्यालयले कर्णलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको छ ।

फन्दामा ‘बिचौलिया’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कोहलपुर स्थित सम्पर्क कार्यालयले घुसको रकम सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

अख्तियारले दिएको जानकारी अनुसार, झण्डै पाँच लाख घुस सहित सोमबार राती ९ बजे अख्तियारको टोलीले मालपोत कार्यालय बाकेका खरिदार समातिए मालपोतका खरिदार नर बहादुर सारु सहित दुई जनालाई पक्राउ गरेको हो ।

खरिददार सारु सग पक्राउ परेका सर्जु थापा जग्गा कारोबार गर्ने ‘बिचौलिया’ हुन् । यद्यपि, अख्तियारले दिएको जानकारीमा थापालाई लेखदास भनिएको छ । ‘थापाले आफु नियमित लेखनदास रहेको कुरा स्वीकार गरेका छन्’, अख्तियार स्रोत भन्छ, ‘उनको परिचय पत्र र प्रमाणका आधारमा लेखनदास भएको देखिन्छ ।’

नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएन बाकेले थापा लेखापढी व्यवसायस“ग सम्बन्धित नभएको जनाएको छ । एशासिएसनका सचिव डिल बहादुर थापाले प्रेस विज्ञप्ति मार्फत थापा बिचौलिया भएको दाबी गरेका छन् । ‘थापाले नै सेवाग्राहीसग माथिसम्म पैसा पुर्याउनु पर्छ भन्दै रकमको सेटिङ्ग मिलाएका थिए’, अख्तियार स्रोतले भन्यो ।

धम्बोझी स्थित एक रेष्टुरेन्टमा सेवाग्राही सँग ४ लाख ९८ हजार घुस लिंदै गरेको अवस्थामा नियन्त्रणमा लिइएका दुवै जनालाई कोहलपुर स्थित अख्तियारको हिरासतमा राखिएको छ ।

जग्गा बिक्री प्रयोजनका लागि निर्णय प्रमाणित माग गरेका सेवाग्राहीलाई लामो समयदेखि काम रोकेर बिचौलिया मार्फत घुस माग गरिएको सम्बद्ध स्रोतले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया