निर्वाचन सम्बन्धी कानूनले नगर्नु भनेको काम गर्नु नै विर्वाचन सम्बन्धि कसुर गर्नु हो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र बिश्वसनिय ढंगबाट सम्पन्न गर्नका लागि निर्वाचन सम्बन्धि ऐन नियमहरुको ब्यवस्था गरिएको हुन्छ । यस्ता कानूनहरुको पालना गर्नु सम्बन्धित सबैको कर्तब्य र दायित्व रहन्छ ।
निर्वाचनलाई ब्यवस्थित तरिकाले सम्पन्न गर्नका लागि निर्वाचन आयोगले निर्वाचनको समयमा राजनैतिक दल, उम्मेदवार, अन्य ब्यक्ति वा सस्थाले पालन गर्नु पर्ने कानूनी तथा नैतिक बन्धनको रुपमा निर्वाचन आचारसंहिता जारी गरेको हुन्छ ।
सम्बन्धित पक्षले आचार संहिताको पालना नगरी उल्लघंन गरेको अवस्थामा त्यस्तो काम रोक्न वा बदर गर्नका लागी आयोगले सम्बन्धित पक्षलाई आदेश दिन सक्दछ । आचार संहिता पटक पटक उल्लघंन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र निश्पक्ष तवरबाट हुन नसक्ने कुरा आयोगलाई लागेमा उम्मेदवारको उम्मेदवारी समेत रद्द हुन सक्दछ ।
निर्वाचनको कार्यमा संलग्न कर्मचारीलाई निजको सेवा शर्त सम्बन्धि प्रचलित कानून बमोजिम अख्तियारवालाको अधिकार प्रयोग गरि आयोगले बिभागिय कारवाही र सजाय गर्न सक्नेछ । माथी उल्लेखित भए बमोजिम बाहेकका कुनै कर्मचारी वा पदाधिकारीले निर्वाचनको कामको सम्बन्धमा प्रचलित कानून र निर्वाचन आयोगले दिएको निर्देशन वा आदेश विपरित काम गरेमा आयोगले प्रचलित कानून बमोजिम बिभागिय कारवाहीका लागी सम्बन्धित निकायमा लेखि पठाउन सक्ने र सम्बन्धित निकायले बिभागिय कारवाही गरि सोको जानकारी निर्वाचन आयोगलाई दिनु पर्ने कानूनी ब्यवस्था रहेको छ ।
अव निवाचनको आचार संहिता को कसलाई लाग्दछ भन्ने सन्दर्भमा चर्चा गर्नु पर्दा नेपाल सरकार र नेपाल सरकारका मन्त्री, स्थानिय तह, स्थानिय तहका कर्मचारी, सार्वजनिक सस्थाका कार्यालय तथा कर्मचारी लाई निर्वाचन आचारसंहिता लागु हुन्छ । त्यस्तै नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरीवल, राष्ट्रिय अनुसन्धान बिभाग तथा तत् निकायमा कार्यरत सुरक्षाकमीहरुका लागि निर्वाचन आचार संहित लागु हुन्छ ।
निर्वाचनको काममा संलग्न कर्मचारी, राजनैतिक दल तथा राजनैतिक दलका भातृ संगठन, उम्मेदवार तथा सम्बन्धित ब्यक्ति, सार्वजनिक पद धारण गरेको ब्यक्ति, पर्यवेक्षकलाई पनि निर्वाचन आचारसंहिता लाग्दछ । यसै गरि सरकारी तथा निजी क्षेत्रका संञ्चार माध्याम, निजी तथा गैरसरकारी सस्था, निर्वाचन आयोगले तोकेका अन्य निकाय वा ब्यक्ति, नेपाल सरकारको अनुदानमा सञ्चालित विश्व विद्यालय वा सामुदायिक बिद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई पनि निर्वाचन आचार संहिता लागु हुन्छ ।
यदि उल्लेखित ब्यक्ति वा सस्थाले निर्वाचन आयोगबाट जारी भएको आचारसंहिता पालना नगरेमा वा उल्लघंन गरेमा विर्वाचन आयोगले त्यस्तो कार्य रोक्न वा कारवाहीको लागी प्रक्रिया अगाडी बढाउन सक्दछ ।
अव निर्वाचन कसुरको सम्बन्धमा चर्चा परिचर्चा गर्नु पर्दा निर्वाचन सम्बन्धि कानूनले स्पष्ट त गर्न नहुने भनी बन्देज लगाएको कार्य गर्नुलाई निर्वाचन सम्बन्धि अपराध वा कसुर भन्न सकिन्छ । झुठ्ठा कागजात वा बिवरण सहित निर्वाचनमा उम्मेदवारीको मनोनयनपत्र पेश गर्नु, निर्वाचन सामाग्रीको प्रयोगमा बाधा पु¥याउनु, मतपत्रको दुरुपयोग गर्नु, गैर कानूनी तवरले मतपत्र दिनु वा लिनु, मतदाता नामावली नाम नभएका वा मतदानको अधिकार बिना मतदान गर्नु, एकै ब्यक्तिले पटक पटक मतदान गर्नु, मतपत्रमा मत संकेत गरि सार्वजनिक गर्नु मतपेटिकामा मतपत्र बाहेक अन्य बस्तु खसाल्नु वा राख्नु र मतदान भएको मतपत्र बिगार्नु वा नष्ट गर्नु निर्वाचन कसुरजन्य कार्यहरु हुन ।
यस्तै सुरक्षाकमीृले बाहेक कुनै पनि ब्यक्तिले हातहतियार साथमा लिएर हिड्नु वा प्रयोग गर्नु, निर्वाचनमा शान्ति भंग गर्नु, निर्वाचनमा संलग्न जनशक्तिलाई अनधिकृत रुपमा प्रभाव पार्नु, मतदातालाई प्रभावित पार्न नगद वा जिन्सि दिनु वा लिनु, कानूनले रोक लगाएका कुराहरु उल्लघंन गरि प्रचार प्रशार गर्नु , उम्मेदवार वा निजको परिवारको सदस्यको चरित्र हत्या गर्ने खालका क्रियाकलाप गर्नु पनि निर्वाचन कसुर हुन ।
यसै गरि मतदातालाई मतदान गर्न वाधा गर्नु, गैर नेपाली नागरिकले मतदान गर्नु , मतगणना स्थलमा अनधिकृत रुपले प्रवेश गर्नु, मतगणना सम्बन्धी सामाग्री बिगार्नु वा नोक्सान पार्नु , गलत ढंगले मतगणना गर्नु, निर्वाचनको गोपनियता भंग गर्नु, निर्वाचनका सन्दर्भमा गलत लिखतलाई मान्यता दिनु, निर्वाचन जन्य कसुर गर्न उद्योग गर्नु वा अरुलाई गर्नमा मद्धत गर्नु वा दुरुत्साहन गर्नु पनि निर्वाचन कसुर हुन ।
यस्तै निर्वाचनका सन्दर्भमा अनुचित ढंगले सवारी साधनकाृ प्रयोग गर्नु, सरकारी कर्मचारी तथा सार्वजनिक सम्पत्तिको प्रयोग गर्नु, दल, उम्मेदवार वा निर्वाचन प्रतिनिधिले कानून बिपरित आर्थिक सहयोग लिनु, दल वा उम्मेदवारले अन्य ब्यक्तिबाट खर्च गराउनु, निर्वाचन आयोगले तोकेको हदभन्दा बढी खर्च गर्नु, निषेधित कार्यको लागी आर्थिक सहयोग लिनु र खर्च गर्नु, निर्वाचन प्रचार प्रसारमा भएको आम्दानी र खर्चको विवरण निर्वाचन आयोगलाई नबुझाउनु पनि निर्वाचन कसुरजन्य कार्यहरु हुन ।
कसैले पनि अर्को मतदाताको नामको मतपत्र बुझिलिन वा अर्काको नामबाट मतदान गर्नु गराउनु हु“दैन । यदि कसैले त्यस्तो कार्य गरेमा सो कार्य गर्ने ब्यक्तिलाई मतदान अधिकृतले पच्चीस हजार रुपियाँसम्म जरिवाना गर्न सक्ने कानूनी ब्यवस्था रहेको छ ।
कसैले पनि एउटै निर्वाचनको लागि एक भन्दा बढी पटक मतदान गर्नु हुँदैन । तर कुनै ब्यक्तिले त्यस्तो कार्य गरेमा निजलाई मतदान अधिकृतले पच्चीस हजार रुपियाँसम्म जरिवाना गर्न सक्नेछन् ।
कसैले पनि मतदातालाई मतदान स्थलमा प्रवेश गर्न नदिने, गौडा वा बाटो छेक्न वा मतदान केन्द्रमा मतदान गर्नमा कुनै किसिमले बाधा अवरोध गरे वा गराएमा त्यस्तो ब्यक्तिलाई मतदान अधिकृत वा अनुगमनकर्ताले पच्चीस हजार रुपियाँसम्म जरिवाना गर्न सक्नेछन् ।
अतः स्वच्छ निर्वाचनका लागी राजनैतिक दल, उम्मेदवार लगायतका सम्बन्धित सरोकारवाला निकायहरुले निर्वाचनका क्रममा निर्वाचन सम्बन्धी ऐन नियम, आचारसंहिता तथा निर्देशिकाहरुको पूर्ण पालना गर्ने गराउने कार्य गर्नु पर्दछ ।
(लेखक राष्ट्रिय निर्वाचन पर्यवेक्षक (नियोक) मा आवद्ध छन् ।)