नेपालगन्ज : नियामक निकायकै सामुन्ने अवैध विज्ञापन

नगरभित्र कुनै पनि होडिङ्ग बोर्ड, पोष्टर, साइनबोर्ड आदी लगाउनु परे नेपालगन्ज उपमहानगरपालिकास“ग पूर्व स्वीकृति लिनुपर्छ । अथवा उपमहानगरपालिकाले तोकेको ठेकेदार कम्पनीस“ग इजाजत लिइएको हुनुपर्छ । त्यो पनि कस्तो प्रकृतिको विज्ञापन गर्न पाइने, नपाइने, कहा–कहा विज्ञापन सामाग्री राख्न पाइने भन्ने कानुनी व्यवस्थाको नियामक निकाय नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय हो ।

‘त्यस विपरित कार्य गरेको पाइए कुनै पनि बेला नगरपालिकाले प्रहरी परिचालन गरी ती सामाग्री नष्ट गर्न सक्छ’, नेपालगन्ज उपमहानगरपालिकाका राजश्व फाट प्रमुख भुपति खत्रीले दैनिक नेपालगन्जसग भने ।

त्यही नियामक निकाय नेपालगन्ज उपमहानगरपालिकाकै सामुन्ने दर्जनौं पोलमा एक भारतीय अस्पतालले खुलेआम अवैध विज्ञापन गरिरहेको छ । ‘सोलार पोलमा विज्ञापनका लागि इजाजत नै दिइएको छैन’, खत्रीले भने, ‘यदी कसैले लगाएको छ भने त्यो अवैध हो ।’

गणेशमान चोकदेखि विपी चोकसम्मका सबै सोलार बत्तीका पोलमा भारतीय अस्पतालको विज्ञापन गरिएको छ । ‘त्यो अस्पताल नेपालीहरुलाई खुलेआम ठग्ने गरेको गुनासो हामी कहा“ बेलाबेला आइरहन्छ’, स्वास्थ्यकर्मी समेत रहेका नेपाल औषधी व्यवसायी संघ भेरी अञ्चल समितिका प्रवक्ता जीवन शर्माले भने ।

अवैध ढंगले भैरहेका विज्ञापनको अनुगमन गर्न उपमहानगरपालिकास“ग संयन्त्र पनि छ । के हेरिरहेको छ त ? पवन कनोजिया भन्छन्, ‘हामीलाई कार्यालयले लिखित आदेश भएपछि त्यस्ता बोर्डहरु हटाउने नियन्त्रणमा लिने काम
गर्छौ ।’

उपमहानगरपालिकाले सुर्खेतरोडको डिभाइडरमा विज्ञापन राख्दा फोहोर हुने र नगरको विकृत रुपमा देखिने भन्दै पोलमा विज्ञापन नराख्ने टुंगोमा पुगेको राजश्व फाट प्रमुख खत्रीको भनाइ छ । ‘अवैध ढंगले राखिएको छ भने नगरपालिकाले हटाउनुपर्छ’, खत्रीले भने ।

प्रतिक्रिया

प्रतिक्रिया