यतिखेर सम्पूर्ण देश स्थानीय निकायको नेतृत्व चयनको महानकार्यमा होमिएको छ । निर्वाचन होला, नहोला वा कस्तो होला ? भन्ने संशयका माझ सम्पन्न प्रथम चरणकोे निर्वाचन छिटफुट घटना बाहेक सम्पन्न भै नयाँ नेतृत्वले सपथ ग्रहण समेत गरिसकेको छ । अब नेपाली राजनीतिक दल तथा जनताहरु दोस्रोचरणको निर्वाचनको तयारीमा लागेका छन । यो दोस्रो चरणको निर्वाचनले प्रदेश नं. १,२,५ र ७ मा स्थानीय तहको नेतृत्व चयन गर्ने छ ।
सम्भवतः कुनै राष्ट्रिय दुर्घटना भएन भने असार महिनाको अन्तसम्ममा सबै स्थानीय तहले नेतृत्व प्राप्त गरि सक्नेछन र त्यसैगरी यस क्षेत्रकै प्राचिन नगरीको रुपमा परिचित नेपालगन्ज उप–महानगरपालिकाका बासिन्दाहरुले पनि यो नगरबासीको भलो गर्ने व्यक्ति चयन गर्नेछन् । जसले जनआकांक्षा पुरा गर्न प्रयास गर्नेछन् ।
नेपालगन्ज उप–महानगरपालिका सुगम एवं सुविधा युक्त हुंदाहुंदै पनि आफ्नो स्थापनाकाल (२०१७) नेपालगन्ज नगर पंचायत, २०१९ मा नेपालगन्ज नगरपालिका हँुदै हाल २०७१ मा उप–महानगरपालिका सम्मको ५७ बर्षे यात्रा तय गर्न सफल भएको छ । तर लग–भग सन्ताउन्नौ बर्षे आफ्नो यात्राकालमा यो संस्थाले जे जति प्रगति हासिल गर्नुपर्ने थियो सो प्राप्त गर्न सकेको भने देखिंदैन ।
यद्यपी प्रगति वा विकाशलाई परिभाषित गर्न र बौद्धिक बहसको विषय बनाउन जति सजिलो छ त्यसलाई व्यवहारिक रुप दिन वा यथार्थमा उतार्न त्यतिनै अप्ठेरो पनि छ । किनभने आजको २१आंै सताब्दीको विकास भौतिक निर्माणमा मात्रै सिमित रहेन । आज यसले समाजका विविध पक्षलाई सम्बोधन गर्न र तिनको समाधान दिन सक्नुपर्दछ अन्यथा विकासबाट सिर्जित थप समस्याले समाज र समुदायलाई लथालिङ्ग बनाउन बेर लाग्दैन ।
यस्तै–यस्तै कुराहरुलाई मध्यनजर गर्दै १९८७ को BRUNDT LAND REPORT ले दिगो विकासको अवधारणा पहिलो पटक सार्वजनिक ग¥यो र विकास भन्नाले, वातावरणीय सन्तुलन, उत्पादन र निर्माण, प्रविधि, यातायात, व्यापार–व्यवसाय, आयमा बृद्धि, शिक्षामा सुधार अनि राजनीतिक संस्कृति तथा सुशासन आदीलाई समेत विकास अन्तर्गत राखेर विकासको लक्ष निर्धारण गरिनु पर्दछ भनेर सार्वजनिक गरेको छ ।
यो सानो आलेखमा यी सबै विषय बस्तुहरुलाई समेटन हाललाई सम्भव देखिएन । तर, पनि निकट केहिदिन भित्र हुने भनिएको स्थानीय निर्वाचनबाट निर्वाचित भएर आउने राजनीतिक नेतृत्वले यो नगरका लागि केहि गरोस् र हामी यहाका बासिन्दाहरुले गर्वसाथ हामी यस नगरको बासिन्दा हौं भन्दा गर्व लागोस् । यहि पवित्र मनसायका साथ यो लेख तयार गरिएको छ ।
निःसन्देह विगत तीन दसक भन्दा पहिले मध्य तथा सुदुर पश्चिमाञ्चलमा नेपालगन्जको विकल्प थिएन । त्यतिबेलाको नेपालगन्ज खासगरि यो क्षेत्रका लागि दैनिक जीवनमा आवश्यक पर्ने, शिक्षा, स्वास्थ्य र ससाना कारोवारका प्रचुर सम्भावनाहरु बोकेको ठाउँ थियो र तीनै आवश्यकताहरुको पूर्तिका लागि यहाको व्यापार र व्यवसाय फष्टाउदै गयो र आजको नेपालगन्ज स्वः स्फूर्त तरिकाले यहाँ सम्म पुग्न सफल भयो । तर, बाटो–घाटो र यातायातको विस्तारले गर्दा यसको छेउँ–छाउँ विकसित हुदै गएका SATELLITE CITY हरुले यसको महत्व माथि दिनानुदिन चुनौती थपिदै गएको लेखकको बुझाई छ । सामान्यतया विकासको क्रममा सबै नगर तथा नगरोन्मुक वस्तीहरुले सामना गर्ने मुख्य चुनौतीहरुमा,
१) विनायोजना सहर विस्तार (UNPLANNED URBANIZATION)
२) अनियन्त्रीत भिड–भाड (OVERCROWDING)
३) सहरी बेरोजगारी (UNEMPLOYMENT)
४) फोहर बस्ती (SLUM) मा बृद्धि र छरिएको बसोवास (SLUMS & SOUATTLE SETTLEMENT)
५) यातायातको व्यवस्थापन (TRANSPORTATION)
६) शुद्ध पेय पानीको आपूर्ती (SUPPLY OF PURE DRINKING WATER)
७) SEWERAGE को व्यवस्था
८) सेवा–सुविधाको अपर्याप्तता (PUBLIE SERVICES) आदी ।
यी माथि उल्लेखित चुनौतीहरुको अतिरिक्त अनगीन्ति चुनौतीहरु समयकाल परिस्थिति र स्थानिय विशेष पनि हुन सक्छन् जसको समाधान विवेक पूर्ण स्थानीय नेतृत्वले गर्नुपर्नेहुन्छ ।
त्यसमाथि, नेपालको संविधान २०७१ ले स्थानिय निकायलाई सवल र सक्षम बनाउने परिकल्पना गरेको सन्दर्भमा जुनसुकै स्थानिय तहको नेतृत्वले पनि आफूलाई सक्षम सावित गर्न निकै परिश्रम, सुझ–बुझ अनि प्रतिबद्धताको खाँचो छ र आगामी नेतृत्व आफ्नो काममा सफल हुनेछ भन्ने आशागरौं र नेपालगन्जलाई व्यवस्थित शहरका रुपमा विकास गर्न के गर्दा होला ? भन्ने विषयको चर्चा गर्ने प्रयास यस पंतिकारको रहेको छ ।
पंतिकार कुनै शहरी विकासको विशेषज्ञ पनि होइन । सहरी विकास भन्ने विषय बहु आयामिक छ जसलाई सूत्रबद्ध तरिकाले बुझ्न र बुझाउन सम्भव छैन । तर पनि नेपालगन्ज उप–महानगर पालिका सम्भावना र भविष्य बोकेको शहरका रुपमा विकासित होस भन्ने चाहना र इच्छा यहाका सबै बासिन्दामा नहुने कुरै भएन त्यसैले पनि विसुद्ध नेपालगन्जबासीको हैसियतमा आफुले देखेका र सुनेका केही जनअपेक्षाहरुलाई यहाँ टिपोटगर्ने प्रयास गरिएको छ ।
आफु बसेको ठाउटोल र छिमेक सफा, सुरक्षित र मनोरमहोस भन्ने इच्छा र चाहना प्रत्येक मानिसमा हुने गर्दछ भने सुखको खोजी प्रत्येक व्यक्तिको उद्देश्य हुन्छ । यहि सुखको खोजीमा मान्छे एक ठाउबाट अर्को ठाउ गर्दै तुलनात्मक दृष्टिले कम दुःख भएको ठाउमा बस्न रुचाउछ र बसाई सराई गर्दछ ।
यस्तै–यस्तै बसाई सराईले गर्दा नेपालगन्जको जनघनत्व दिन–प्रतिदिन तुलनात्मक दृष्टिले बृद्धि हुँदैछ भने नगर विस्तार हुने क्रमपनि बढदो छ । नगर विस्तार हुने क्रमसंगै स्थानीय निकाय (उप–नगरपालिका) का लागि थप चुनौती र अवसरहरु पनि थपिएका छन् जसको संक्षिप्त चर्चा यहा“ गरिएको छ । नगर र नगरसंग जोडिएका गाउँ र बस्तीहरुका फरक–फरक खाले चुनौतीहरु पनि थपिएका छन् । ती चुनौतीहरुमा –
(१) शहरी सिमाङ्कनको अभाव
(२) विकास व्यवस्थापन
(३) माग र आपूर्ति विच सन्तुलन
(४) सहरी विकासको व्यवस्थापन क्षमता
(५) जन उत्तरदायी स्थानीय शासन
माथि उल्लेखित यी सबै चुनौतीहरुलाई सम्बोधन गर्न नसकिने होइन बरु त्यसको लागि उत्तरदायी नेतृत्व र पारदर्शी प्रशासनको खाचो छ । जसको अभावमा अपेक्षाकृत उपलब्धी सम्भव छैन । नेपालगन्जलाई बास्तवमै यस क्षेत्रकै बसू–बसू लाग्ने सहरको रुपमा परिचय गराउने हो भने यहा“का नागरिक/व्यापारी/बुद्धिजिवी राजनीतिक दलका नेता र कार्यकर्ताहरुमा केही भावनात्मक परिवर्तनको खाचो छ, जसको अभावमा स्वच्छ सफा र हराभरा नेपालगंज असम्भव नभएपनि सजिलो भने छैन । मैले देखेका ती भावनात्मक परिवर्तनहरुमा :
(१) ठाउ प्रति माया र स्वामित्वको भावना नहुनु (LOVE AND OWNERSHIP)
(२) स्थानीय नेतृत्व माझ संयुक्त संकल्पको अभाव
(३) आफ्नो ठाउँलाई केही गर्नुपर्छ भन्ने भावनाको कमि
(४) सानो–सानो व्यक्तिगत स्वार्थमा विभक्त राष्ट्रिय नेतृत्व
(५) दुर दृष्टिकोणको कमि÷क्षणिक लाभमा लिप्त समाज र नेतृत्व (बौद्धिक र पेशागत वर्ग समेत)
वास्तवमै नेपालगन्जलाई योजनावद्ध आधुनिक सुविधायुक्त शहरका रुपमा विकसित गर्न लागि पर्ने हो भने छोटै समयमै राम्रो परिणाम आउनसक्छ त्यसको लागि निम्न विषयमा ध्यानदिन आवश्यक छ ती विषयहरु यी हुन सक्ने मेरो बुझाई छ,
(१) गुणस्तरिय सडक (वाह्य तथा भित्री) फुटपाथ
(२) गुणस्तरीय संचार (TV+INTERNET) र विद्युत
(३) स्तरिय सेवाहरु (नगर यातायात) र बस विसौनी
(४) सार्वजनिक (ऐलानी) जग्गाको संरक्षण र सदुपयोग
(५) सहरी बृक्षारोपण र सरसफाई
(६) व्यवस्थित पार्क निर्माण/मनोरञ्जनका लागि
(७) गुणस्तरीय शैक्षिक केन्द्रको रुपमा (HUB) विकास (NO PHOTO COPY)
(८) सस्तो र विश्वसनिय शून्य ठगीको चिकित्सा सेवा (कमिशनको अन्त्य)
(९) नियम कानूनको कडाईकासाथ पालना र कार्यान्वयन
(१०) धार्मिक स्थल÷मठमन्दिरको संरक्षण र (बजारभित्रका मन्दिरहरु)व्यक्तिगत लाभमा प्रयोग गर्ने संस्कृतिको
अन्त्य ।
(११) शान्ति सुरक्षाको विश्वसनियता
(१२) भारतबाट गैर कानूनी रुपमा हुने आयात र निर्यातको अन्त्य
(१३) स्थानीय निकायमा सुशासन
(१४) नया“–नयाँ ठूला उद्योगको स्थापना
(१५) सुख्खा बन्दरगाहको द्रुत निर्माण
(१६) राप्तिको किनारालाई चितवनको सौराहको रुपमा विकास र राप्तीमा र्याफ्टिङ्गको व्यवस्था ।
यसका अतिरिक्त अन्य धेरै क्षेत्रहरु हुन सक्छन् जसको चर्चा यहाँ सम्भव छैन । माथि उल्लेख गरिएका विभिन्न प्रकृतिका चुनौतीहरुलाई विभिन्न चरणमा सम्पन्न गर्ने गरि एकबर्षे दुई वा तीन चार बर्षे योजनाको तर्जुमा द्वारा कार्यप्रारम्भ गर्ने हो भने नेपालगन्जको परिचय फेरिन सक्दछ ।
यसको लागि सर्वसाधारण नागरिक देखि पेश गर्ने वर्ग, कानून व्यवसायी, सन्चारकर्मी, शिक्षक र चिकित्सकहरुको संग–संग स्थानीय निकायका राजनीतिक दल तथा प्रशासनिक पदाधिकारी, व्यापारी र विभिन्न धर्मका धर्मगुरुहरुको सकारात्मक तथा सक्रिय सहयोगको आवश्यकता अपरिहार्य हुन्छ । अन्यथा यी मध्ये कसैको एक्लो प्रयासबाट हाललाई सम्भव देखिंदैन । अस्तु…।