एउटा प्रयास, हरियालीको

नेपालगन्ज उपमहानगर–पालिकाको कार्यकारी अधिकृत जिम्मेवारी निर्वाह गरिसकेका गिरिराज ज्ञवालीले शनिबार आफ्नो फेसबुक पेजमा हेमन्तराज काफ्ले बारे एउटा स्टाटस पोष्ट गरे । उनले काफ्लेलाई सरसफाई र वातावरणप्रति समर्पित व्यक्तिका रुपमा चर्चा गर्दै भने, ‘उहा जन्मदिनको शुभकामना स“गै निमको विरुवा उपहार दिने गर्नुहुन्छ ।’

एउटा निजी विद्यालयका सञ्चालक काफ्ले सामाजिक कार्यमा बढी नै क्रियाशिल छन् । ‘वातावरणको क्षेत्रमा काम गर्ने रुचिका साथ दुई बर्षयता जलवायु संरक्षण नेपाल स्थापना गरेर लागेको छु’, काफ्लेले विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा दैनिक नेपालगन्ज सग भने, ‘बृहत रुपमा वातावरणका लागि सकारात्मक जागरण आवश्यक छ ।’

उनको संस्थागत क्रियाशिलता बारे खासै चर्चा छैन । तर, व्यक्तिगत रुपमा उनी एउटा परिचय बनिसकेका छन्, विरुवा बा“ड्ने व्यक्ति । हुनपनि काफ्लेले पछिल्लो एक बर्ष मात्रै २ हजार बढी विरुवा बाडिसकेका छन् । ‘मैले चिनेका, नजिकका जो कसैको पनि खुशीको दिन म उनलाई विरुवा उपहार दिन्छु’, काफ्लेले आफ्नो रुचिलाई अभियान नै बनाएको तर्क गर्दै भन्छन्, ‘जन्मदिनमा निम्तो गर्नेलाई फुलका विरुवा पहिले पनि उपहार दिने गर्थे, अभियानकै रुपमा विरुवा दिन थालेको एक बर्ष भयो ।’

गतबर्ष देउसी भैलो खेल्दै हिडेका काफ्ले नेतृत्वको जलवायु संरक्षण नेपालले दान दक्षिणा लिएन । ‘प्रत्येक घरमा वातावरणको महत्व बारे भट्याउ“दै विरुवा उपहार दिन्थ्यौं’, काफ्लेले भने, ‘यस बर्ष पनि हामी नया“ घरमा विरुवा दिन्छांै र अघिल्ला बर्ष विरुवा दिएको घरमा संरक्षण भए, नभएको अनुगमन गर्छौ ।’ उनले राम्रो विरुवा हुर्काउने घरमा एक डब्बा मिठाई दिने योजना बनाएका छन् ।

जन्मदिनको खुशियालीमा मात्र होइन काफ्लेले नेपालगन्जमा आयोजना हुने सिर्जनशील जुनसुकै कार्यक्रममा पुगेर पाहुनालाई विरुवा उपहार दिने योजना अघि सारेका छन् । ‘नेपालगन्जलाई हरियाली आवश्यक छ’, आइतबार राती काफ्लेले दैनिक नेपालगन्जसग त्यसो भनिरहदा यहाको उच्च गर्मीले वातावरण अनुकुलनका लागि हरियाली आवश्यकता ढक्ढक्याउदै थियो ।

‘प्रकृतिस“ग हाम्रो सम्बन्ध, रहि रहोस् अनन्त’ नाराका विश्व वातावरण दिवस मनाइरहदा दशकौंदेखि हुर्काइएका सुर्खेतरोडका सयौं रुख काटिएपछि त्यसको विकल्पमा भरपर्दो प्रारम्भ गर्न सकिएको छैन । सडक डिभाइडरमा ग्रिन एण्ड क्लिन नेपालगन्ज अभियानले गरेको प्रयासलाई स्थानीय तहबाट भरपर्दो साथ अझै देखिएको छैन ।

डा. विनोद कर्णले वृक्षारोपणका लागि थालेको प्रयासले परिणाम दिइसकेको त छैन तर, अधिकांस डिभाइडरमा विरुवा हुर्कन प्रयासरत छ । ‘एक्लो प्रयासबाट खोजेजस्तो परिणाम सम्भवै छैन’, डा. कर्णसग होस्टेमाहैसे गरिरहेका काफ्ले भन्छन्, ‘मान्छेको जीवनका लागि रुख, विरुवाको महत्व प्रत्येकले बुझ्न जरुरी छ ।’

काफ्लेले जामुन, निम, बेल, चन्दन र सितलचिनी जस्ता गुणवत्ता रुख विरुवामा जोड दिएका छन् । ‘अधिकांस म आफै निजी लगानीमा खरिद गरेर उपहार दिने गरेको छु’, काफ्लेले पछिल्ला दिनमा जिल्ला वन र ढकेरी उद्यानले वृक्षारोपणका लागि विरुवा सहयोग गर्न थालेको जानकारी दिंदै भने ।

काफ्लेको जलवायु संरक्षण नेपालमा पत्रकार काशिराम शर्मा, गायक महेन्द्र सेढाई जस्ता युवाहरुको साथ छ । ‘अभियानलाई व्यापकता दिन संस्थागत गतिविधि पनि बढाउदै छु’, काफ्लेले भने ।

प्रतिक्रिया

प्रतिक्रिया