सरकारको सिफारिसमा निर्वाचन आयोगले असार १४ गतेलाई स्थानीय तहको दोस्रो चरणको मतदान मिति तोकेको छ ।
असारको दोस्रो साता मतदान हुने भएपछि बा“केका सुरक्षा अधिकारीहरुले सम्भावित प्राकृतिक जोखिमबाट मतपत्र कसरी जोगाउने भन्ने योजना बनाउन थालेका छन् ।
‘मतपत्रलाई सम्भावित प्राकृतिक दृष्टिले जोखिममा रहेका ठाउमा नया योजना बनाउन आवश्यक देखिएको छ’, बा“केका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले भने, ‘नया“ मितिले मतदाता शिक्षा, उम्मेदवारको प्रचारप्रसार र सुरक्षा तयारीलाई पर्याप्त समय दिएपनि बर्षात्मा मत पेटिकाको सुरक्षाको चुनौति थपिएको छ ।’
बाकेमा रहेका १ सय ३६ स्थलका २ सय ९५ मतदान केन्द्र मध्ये राप्तीपारी सडकको सहजता नभएको र राप्ती तटीय क्षेत्रमा सम्भावित डुबान र बाढीको जोखिमबाट मतपेटिका सुरक्षा चुनौति थपिएको हो ।
‘उसो त बा“केका कुनैपनि मतदान केन्द्रलाई हामीले सामान्य रुपले लिएका छैनौं’, प्रजिअ पन्थले दैनिक नेपालगन्जस“ग भने, ‘सुरक्षाका दृष्टिले पनि संवेदनशील र अति संवेदनशील केन्द्रका रुपमा सुरक्षा योजना बनाइएको छ ।’
प्राकृतिक दृष्टिले जोखिममा रहेका मतदान केन्द्रहरुमा कस्तो विकल्प अपनाएर मतपेटिका राख्ने र गणना स्थलसम्म सुरक्षित पुर्याउने भन्ने कुराको योजना बनाउन थालिएको प्रजिअ पन्थले जानकारी दिए । निर्वाचन अधिकृतको कार्यालयले पनि काम सुरु गरिसकेको उनले बताए ।
वातावरण बन्दै
सरकारले दोस्रो चरणको निर्वाचनका लागि झण्डै २ साता पर निर्वाचन सार्ने निर्णय गरेपछि आन्दोलनरत् राष्ट्रिय जनता पार्टीले आफ्ना माग सम्बोधन हुने आशा गरेको छ ।
‘सरकारले समय पर सारेर हाम्रा मागहरु सम्बोधन गर्ने संकेत दिएको महसुस गरेका छौं’, राजपा नेता पशुपति दयाल मिश्रले घोषित आन्दोलनका कार्यक्रमलाई स्थगित गर्दै नया कार्यक्रमका साथ जनतामाझ जान लागिएको जानकारी दिए । ‘हाम्रा उम्मेदवारहरु जनता माझ छन्’, मिश्रले भने, ‘माग सुनुवाई भए चुनाव जान, अन्यथा आन्दोलनका लागि ।’