स्थानीय तहको दोस्रो चरणको निर्वाचन असार १४ गतेका लागि निश्चित गरिएको छ ।
बुधबार विहान मन्त्रीपरिषद्को बैठकले असार ९ गतेको निर्वाचन १४ गतेका लागि सार्ने निर्णय गरेको हो । सोमबारको मन्त्रिपरिषद् बैठकले जेठ ३१ गते तोकिएको निर्वाचन असार ९ गते सार्ने निर्णय गरेको थियो ।
असार ९ गते मुस्लिम धर्मावलम्वीहरुको रमजान पर्वको अन्तिम शुक्रबार भएको भन्दै चुनाव सार्न दबाब दिएपछि सरकारले निर्वाचन सार्ने निर्णय गरेको हो ।