एमालेद्वारा बाँकेका सबै स्थानीय तहका वडामा उम्मेदवार चयन (नामावली समेत)

नेकपा एमाले बाँकेले जिल्लामा रहेका ८ वटा स्थानीय तहका ८१ वटा वडामा सर्वसम्मत उम्मेदवार चयन गरेको छ ।

आईतबार अबेर राती सम्म जिल्ला कमिटीको सचिवालय बैठकले सर्वसम्मत उम्मेदवार चयन गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा पार्टी स्थायी कमिटीले समसुद्दिन सिद्दिकी र उपप्रमुखमा शान्ति ढकाललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

प्रदेश कमिटीले कोहलपुर नगरपालिकाको प्रमुखमा लुटबहादुर रावत र उपप्रमुखमा कृष्णा चौधरी, खजुरा गाउँपालिकामा प्रमुखमा किस्मत कक्षपति र उपप्रमुखमा एकमाया विक, वैजनाथ गाउँपालिका प्रमुखमा मानबहादुर रुचाल र उपप्रमुखमा शारदा विक, डुडुवा गाउँपालिकामा प्रमुखमा शकील अहमद खाँ र उपप्रमुखमा कृष्णावती पाण्डे, राप्ती सोनारी गाउँपालिकामा प्रमुखमा तुलसी थारु र उपप्रमुखमा चमेली बागबल, जानकी गाउँपालिकामा प्रमुखमा रामनिवास यादव र उपप्रमुखमा भुमिसरा धिताल तथा नरैनापुर गाउँपालिकाको प्रमुखमा बिक्रम यादव र उपप्रमुखमा यादवलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

एमालेले ८१ वटै वडाको उम्मेदवार पनि छनौट गरिसकेको छ । कोहलपुर नरपालिका र गाउँपालिकाहरुको उम्मेदवारको पहिलो करिव करिव तय भइसकेको थियो । नेपालगञ्ज उपमहानगरपालिकाको उम्मेदवार टुंगो लागेसँगै वडाहरुको उम्मेदवारको नामावली पनि बाहिर ल्याइएको छ ।

[gview file=”http://www.nepalgunjnews.com/wp-content/uploads/2017/05/uml-final-banke.pdf”]

प्रतिक्रिया

प्रतिक्रिया