चितवनमा माओवादीले मतपत्र च्याते

भरतपुर महानगरपालिकाको मतगणनाले देशमै चर्चा पाइरहेको बेला आइतबार मध्यराती मतगणना स्थलमा ‘बबाल’ भएको छ ।

मतगणना चलिरहदा एकाएक मतपत्र च्यात्न थालेपछि ‘बबाल’ भएको हो । ‘मतगणनामा बसेका प्रतिनिधिले नै मतपत्र च्यातेपछि बबाल सुरु भएको जानकारी प्राप्त भएको छ’, चितवनका पत्रकार दिपेन्द्र बढुवालले राती १ बजे दैनिक नेपालगन्ज सग भने, ‘दुई जनालाई पक्राउ गरिएको छ ।’

घटनापछि मतगणना रोकिएको थियो । पक्राउ पर्ने दुवैजना माओवादी कार्यकर्ता भएको विभिन्न सञ्चारमाध्यमहरुले प्रकाशन गरेका छन् । पक्राउ पर्ने मधु न्यौपाने वाइसिएल चितवनका इन्चार्ज हुन् । अर्का द्रोण सिवाकोटी पनि माओवादी हुन् ।

[2074-2-15 Time : 1.22 AM]

 

प्रतिक्रिया

प्रतिक्रिया