श्रेया इन्टेरियममा आगलागी, ५ करोडको क्षति, दुई सुरक्षाकर्मी घाइते

लोकनाथ शर्मा/नेपालगन्जन्युज

आइतबार विहान नेपालगन्जको सुर्खेतरोड स्थित श्रेया इन्टेरियममा भएको आगलागी घटनामा ५ करोड बराबरको क्षतिको अनुमान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार, विष्णु दवाडीको घरमा रहेको पंकज श्रेष्ठको श्रेया इन्टेरियममा भएको आगलागीमा ५ करोड बराबरको धनमाल क्षति भएको छ ।

आगो नियन्त्रणमा लिने क्रममा दुई सुरक्षाकर्मी समेत घाइते भएका छन् । नेपाली सेनाका सन्तोष थापामगर, प्रहरी जवान निराजन विक घाइते भएका हुन् । उनीहरुको नेपालगन्ज मेडिकल कलेजमा उपचार भैरहेको छ । आगलागी नियन्त्रणका लागि ३ वटा दमकलको प्रयोग गरिएको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको प्रयास पछि आगो नियन्त्रणमा आएको थियो । ९ः४५ सुरु भएको आगलागी साढे १२ बजे नियन्त्रणमा आएको थियो । प्रहरीले विद्युत सर्ट भई आगो लागेको खुल्न आएको जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया