नेपालगन्जको फर्निचर पसलमा भिषण आगलागी भएको छ ।
पुष्पलाल चोक नजिक रहेको श्रेया इन्टेरियल डेकोरमा भिषण आगलागी भएको हो । आगलागी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले दमकलको सहायताले निभाउने प्रयास गरिरहेको छ ।
आगलागीबाट पंकज श्रेष्ठको फर्निचर शोरुम, श्रेया इन्टेरियल डेकोर र बगलमा रहेको पसलमा पनि क्षति पुगेको छ ।
आगो अझै नियन्त्रणमा आएको छैन । तीन वटा दमकलले आगो नियन्त्रणमा प्रयास जारी छ ।
सुर्खेतरोडमा भएको आगलागीले ट्राफिक समेत जाम भएको छ ।
(तस्वीर : भिडियो : देबेन्द्र राज पौडेल)
2074-2-14
x