स्थानीय निर्वाचनमा सहयोग गर्न तयार : भारतीय सुरक्षा अधिकारी

नेपालगन्जन्यूज । दोश्रो चरणको निर्वाचनका लागि शान्तीसुरक्षा कायम गर्न सहयोग गर्न तयार रहेको भारतका सुरक्षा निकायहरुले जनाएका छन् ।

यसका लागि निर्वाचनको दिन जेठ ३१ गतेको ४८ घण्टा अगाडी नेपाल भारत सीमा नाका बन्द हुने भएको हो । सीमा नाका जेठ २९ बिहान ७ बजेबाट बन्द हुने छ । बन्द नाका जेठ ३१ को निर्वाचन सम्पन्न भएपछि खुल्ने छ ।

स्थानीय निर्वाचनको ठिक अगाडी शुक्रबार नेपालगन्जमा सम्पन्न नेपाल र भारतका सुरक्षा अधिकारीहरुको बैठक आयोजना गरिएको थियो । बैठकमा लागु औषघ, सीमास्तम्भ व्यवस्थापनका लागि माथिल्ला निकायमा जाहेर गर्ने, अवैध मुद्राको कारोबार, अपराध नियन्त्रणका लागि समन्वय गर्ने निर्णय भएको थियो ।

बैठकमा बाँकेका जिल्ला न्यायधिीश तेजनारायण पौडेल, बाँके बर्दिया र दाङ प्रमुख जिल्ला अधिकारीहरु रवीलाल पन्थ, विष्णु थापा, र मेघनाथ काफ्ले लगायतको उपस्थिती रहेको थियो । यसैगरी भारतका तर्फबाट बहराइच र श्रावस्ती जिल्लाका डिस्ट्रिक मजिस्टेट अजयदीप सिंह र दीपक मिना लगायतका सुरक्षा अधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया