त्रिभुवन चोकमै चोरी

नेपालगन्ज ११ त्रिभुवन चोकमा गएराती चोरीको घटना भएको छ ।

नेपालगन्जका अगुवा व्यवसायी प्रदिप कुमार गुप्ताको घरबाट लाखौंको धनमाल चोरी भएको हो ।

गुप्ताले दिएको जानकारी अनुसार, २५ तोला सुन, १ किलो चाँदी र साढे २ लाख रुपैयाँ नगद चोरी भएको छ ।
‘हामी नयाँ घर सरेर न्यूरोड बस्न थालेका थियांै’, गुप्ताले घटनाबारे भने, ‘साइत मिलाएर घर सरेपछि सामान सार्नका लागि निर्माण कार्य पूरा नभएकाले पुरानै घरमा राखिएको थियो ।’ उनले विहान ८ बजेतिर मात्रै ताला तोडिएको अवस्थामा घरको ढोका देखेर आफ्नो भाइले खबर गरेपछि चोरीको घटना थाहा पाएको बताए ।

‘घर पुरै लथालिङ पारेर नगद, गरगहना मात्रै चोरी गर्ने उद्देश्य राखेको देखिन्छ’, गुप्ताले भने, ‘भाडाकुँडा, लत्ताकपडा लगेको देखिदंदैन ।’ आफुले सूचना लगत्तै प्रहरीलाई खबर गरेको र प्रहरीले मुचुल्का उठाएर लगेको उनले जानकारी दिए ।

प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गरे चोर पत्ता लाग्न सक्ने गुप्ताले बताए । त्रिभुवन चोकसँगै सटेको गुप्ताको घर भएको गल्ली घनाबस्ती र साँघुर सडकमा पर्छ ।

(२०७४ जेठ १२ गते)

प्रतिक्रिया

प्रतिक्रिया