नेपालगन्जमा सिफारिस एउटा, उम्मेदवार अर्कै !

दोश्रो चरणको स्थानीय निर्वाचनको उम्मेदवारी मनोनयनको दिन नजिकिदै जाँदा एमालेले नेपालगन्जमा उम्मेदवारी घोषणा गर्न सकेको छैन ।

उपमहानगरपालिकाको उम्मेदवारीमा केन्द्रिय नेताहरुको समेत चासो हुँदा उम्मेदवारी घोषणामा ढिलाई भएको हो ।

स्थानीय पार्टी कमिटिले समसुद्दिन सिद्दिकी, विजय कुमार गुप्ता, दत्त प्रसाद आचार्यको मेयरमा, शान्ति ढकाल, तुलसा थापा र रचना श्रेष्ठको उपमेयरमा नाम प्रदेश कमिटिमा सिफारिस गरेको थियो । प्रदेश कमिटिले भने समसुद्दिन सिद्दिकी र विजय कुमार गुप्ताको मेयरमा र शान्ति ढकालको उपमेयरमा नाम स्थायी कमिटिमा सिफारिस गरेको थियो ।

पार्टी सम्बद्ध श्रोतका अनुसार, उम्मेदवारी छनौटमा जिल्ला सिफारिस भन्दा केन्द्रिय नेताहरुको प्रत्यक्ष प्रभाव रहने गर्दछ । पार्टी उच्च श्रोतका अनुसार स्थानीय पार्टी कमिटिको सिफारिस भन्दा बाहिर बाट उम्मेदवार छनौटको कसरत भइरहेको छ ।

पूर्व उपमेयर समेत रहेका शमशुद्दिन सिद्दिकीको सम्भावना मेयरमा बढि छ । पार्टी संगठनमा निरन्तर क्रियाशिल भइरहनु उनको प्लस प्वाइन्ट हो ।

तर, एमालेका पुराना नेता विजय कुमार गुप्ता पनि दौडमा रहेका छन् । मारवाडि समुदायका गुप्ताको बलियो पक्ष भनेको केन्द्रिय नेतृत्वसंगको हार्दिकतापुर्ण सम्वन्ध हो । नेपालगन्जमा केन्द्रिय नेताहरु आउँदा उनकोमा नै सेल्टर लिने गर्छन् । पार्टीको शिर्ष नेतृत्व गुप्ताको उम्मेदवारी प्रति सकारात्मक रहेको छ ।

पार्टी उच्च श्रोतका अनुसार, गुप्ताको नाममा अनौपचारिक सहमती भैसकेको छ ।

उपमेयरमा को ?

मुस्लिम बाहुल्य रहेको नेपालगन्जमा मेयर वा उपमेयर मध्ये एकमा मुस्लिम उम्मेदवार दिनै पर्ने दवावमा एमाले छ । गुप्ताको नाम मेयरमा कन्फर्म भए उपमेयरमा मुस्लिम अनुहार उतार्ने तयारी छ ।

उपमेयरका लागि रुवी खानको चर्चा एमाले बृत्तमा चलेको छ । खान स्थानीय गैससमा विगत १० वर्ष देखि कार्यरत छन् । उनी महिला अधिकारकर्मी हुन् ।

अपडेट

एमालेबाट नेपालगन्जमा सम्शुद्दिन मेयर उम्मेदवार, उपमेयरमा शान्ति ढकाल

नेकपा एमालेले नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा सम्शुद्दिन सिद्दिकी र उपमेयरमा शान्ति ढकाललाई उम्मेदवार बनाएको छ ।

नेकपा एमाले बाकेका सचिव रत्न खत्रीले मेयरमा सम्शुद्दिन र उपमेयरमा शान्तिलाई उम्मेदवार बनाउने फाइनल भएको जानकारी दिए । मेयर पदका उम्मेदवार सम्शुद्दिनले पार्टीले उम्मेदवार बनाएको औपचारिक जानकारी प्राप्त भएको नेपालगन्जन्यूजलाई बताए ।

सम्शुद्दिनले यसअघि उपमेयरका रुपमा सफल कार्यकाल पूरा गरिसकेका छन् ।

यसअघि पार्टी केन्द्रीय स्रोतले मेयरमा विजय कुमार गुप्ता र उपमेयरमा रुबि खानको नाममा निर्णायक दबाब आइरहेको जनाएको थियो ।

तर, पार्टी स्थायी कमिटि बैठकले जिल्ला र प्रदेश हुँदै आएको निर्णय र त्यसको प्राथमिकताका आधारमा आफ्नो निर्णय सुनाएको हो ।

‘मधेसी समुदायबाट मेयरमा उम्मेदवारी दिंदा मुस्लिम समुदायबाट उपमेयरको विकल्प थिएन’, एकाएक रुबि खानको नाम किन चर्चामा ल्याइयो ? पार्टी नेता भन्छन्, ‘त्यसैले विजय कुमार गुप्तासँग खानलाई उपमेयरका रुपमा अघि सारिएको थियो ।’

दुई दिन अघिसम्म सम्शुद्दिन सिद्दिकी र शान्ति ढकालको नाममा सहमति बनेको नेपालगन्जलाई एकाएक विजय कुमार गुप्ता र रुबि खानको नाम अघि सारिएको थियो ।

‘केन्द्रीय नेता विष्णु पौडेलले नै रुबि खानको बारेमा सोधखोज गर्नुपर्ने स्थिति सिर्जना भयो’, एक जिल्ला नेता भन्छन्, ‘गुप्ताले नै आफुलाई मेयरको उम्मेदवारी दिए मुस्लिम समुदायबाट उपमेयर उम्मेदवारी दिनुपर्ने तर्क गरेका रहेछन् ।’

 

प्रतिक्रिया

प्रतिक्रिया