बर्दियाका ६ स्थानीय तहमा काँग्रेसले छान्यो उम्मेदवार, कहाँ को ?

भावुक योगी, बर्दिया, जेठ ११

जेठ ३१ गते हुने स्थानीय तहको चुनावका लागि बर्दियामा लामो समयको छलफलपछी नेपाली कांग्रेसले २ नगरपालिका बाहेक बाँकी सबै नगरपालिका र गाउँपालिका प्रमुख उपप्रमुख सहित वडाअध्यक्ष र सदस्यहरुको उम्मेदवार टुंगो लगाएको छ ।

लामो समयको छलफलपछि नेपाली कांग्रेसले आगामी जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि ६ स्थानिय तहका उम्मेद्वारको नाम सार्वजनिक गरेको छ । पार्टी भित्रका धेरै आकांक्षीलाई मनाउँदै दुई नगरपालिका बाहेक बाँकी ६ वटा स्थानीय तहका उम्मेद्वारको नाम घोषणा गरेको हो ।

६ वटा नगरपालिका र २ वटा गाउँपालिका गरी ८ वटा स्थानीय तह रहेको बर्दियामा नेपाली कांग्रेसले २ नगरपालिकामा बाहेक सबैमा उम्मेदवार छनोट गरेको कांग्रेस जिल्ला सभापति एवं सांसद सञ्जय गौतमले जानकारी दिनुभयो । २ वटा तहमा जेठ १४ गते सम्म टुंगो लाग्ने उहाँले बताउनुभयो ।

कुन स्थानीय तहमा को उम्मेदवार ?

गुलरीया नगरपालिका
मेयर : मुक्तिनाथ यादव (किट्टु) र उपमेयर : शुशीला गिरी

बाँसगढी नगरपालिका
मेयर : गंगाधर पौडेल र उपमेयर : रत्ना थारु

बारबर्दिया नगरपालिका
मेयर : पर्शुराम थारु र उपमेयर : कोपीला गिरी

राजापुर नगरपालिका
मेयर : दिपकजंग शाह र उपमेयर : तारा चौधरी

गेरुवा गाउँपालिका
अध्यक्ष : जवानसिँ केशी र उपाध्यक्ष : हेमा थारु

बढैया गाउँपालिका
अध्यक्ष : मानबहादुर बुढा र उपाध्यक्ष : भगनदैया थारु

यस्तै ठाकुरबाबा नगरपालिकामा, र मधुवन नगरपालिकामा मेयर र उपमेयर टुंगो लगाउन सकेको छैन । ठाकुरबाबा नगरपालिका र मधुवन नगरपालिकामा आकांक्षीको संख्या धेरै भएपछि निर्णय गर्न नसक्दा केन्द्रमा नाम पठाईएको बताईएको छ ।

८ वटा स्थानीय तहका सबै वडामा उम्मेद्वारको टुङ्गो लागिसकेको नेपाली कांग्रेस जिल्ला कार्य समिति बर्दियाले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया