जेठ ३१ मा थप स्थानीय तहमा निर्वाचन असम्भव : आयोग

सरकारले थप गरेको स्थानीय तहमा तोकिएको मितिमा निर्वाचन सम्भव नरहेको निर्वाचन आयोगले जानाएको छ ।

सरकारले जेठ ३१ गते दोस्रो चरणको निर्वाचन हुने स्थानमा २२ वटा स्थानीय तह थप गर्दै २ वटा उपमहानगरपालिकालाई महानगरपालिका र २४ वटा गाउँपालिकालाई स्तरोन्नती गर्दै नगरपालिका बनाउने निर्णय गरेपछि आयोगले प्राविधिक कारण देखाउँदै निर्वाचन सम्भव नभएको बताएको छ ।

आयोगले बिहीबार विज्ञप्ति प्रकाशित गरी दिएको जानकारी अनुसार, ४६१ स्थानीय तहमा निर्वाचनको तयारी भैसकेकाले थप गरिएको स्थानीय तहमा जेठ ३१ सम्म निर्वाचन गराउन समय अपुग हुने स्पष्ट पारेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया