तिथिमितिको विकल्प नखोजी निर्वाचन गराउन आयोग तयार

निर्वाचन आयोगले निर्वाचनको तिथिमितिको उपाय र सम्भावनाको विकल्प नखोजी आगामी जेठ ३१ गते निर्वाचन सम्पन्न गर्न तयार गरेको जानकारी दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत मन्त्रीहरुसँग दोस्रो चरणको निर्वाचनका उपाय र विकल्पहरुको सुझावका लागि बुधबार आयोजित भेटघाटका क्रममा प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले तिथिमितिको
विकल्प नखोजी आयोग निर्धारित समयमा चुनाव सम्पन्न गर्न तयार रहेको बताएका हुन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायत मन्त्रीहरु समेत सहभागी छलफलमा प्रधानमन्त्री दाहालले निर्वाचनका लागि राजनीतिक सहमति खोज्ने प्रयास भैरहेको जानकारी दिंदै आयोगसँग दोस्रो चरणको निर्वाचनका उपाय र विकल्पहरुको बारेमा सुझाव दिन आग्रह गरेका थिए ।

छलफलका क्रममा प्रमुख आयुक्त डा. यादवले निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको जानकारी दिंदै निर्वाचन सामाग्री जिल्ला पुर्याइसकिएको, मुख्य निर्वाचन अधिकृतको कार्यालय खोली सञ्चालनमा रहेको र जेठ १९ गते मनोयन दर्ता हुने गरी निर्वाचन कार्यक्रम राजपत्रमा प्रकाशित गरिसकेको जानकारी गराएका थिए ।

छलफल पछि आयोगले जारी गरेको विज्ञप्तिमा सरकारले स्थानीय तह थप गरेपछि निर्वाचन निर्वाचन के हुने भन्नेबारे स्पष्ट नखुलाएपनि निर्वाचनको तिथिमितिको उपाय र सम्भावनाको विकल्प नखोजी निर्धारित समयमा दोस्रो चरणको निर्वाचन गर्न आयोग तयार रहेको जानकारी गराएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया