प्रधानमन्त्री दाहालद्वारा राजिनामा

प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनामा दिएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पक कमल दाहाल गत साउन १९ गते नेपालको ३९ औं प्रधानमन्त्री बनेका थिए ।
बुधबार सिंहदरबारबाट देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले राजिनामाको घोषणा गरेका हुन्। राजिनामाको घोषणा गरे लगत्तै दाहाल राजिनामा बुझाउन राष्ट्रपति कार्यालय गएका थिए ।

दाहालले कांग्रेससँग भएको सम्झौता कार्यान्वयन गर्दै राजिनामा दिएको सम्बोधनका क्रममा उल्लेख गरेका थिए ।

सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वमा सरकारले गरेका कामहरुको बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया