राष्ट्रिय प्रजातन्त्र पार्टीले बाकेमा स्थानीय तहका लागि आफ्नो उम्मेदवार तय गरेको छ ।
नेपालगन्ज उपमहा–नगरपालिकाका लागि सबैभन्दा पहिलो प्रमुखको नाम सार्वजनिक गरेको राप्रपाले नगरको सबै वडा र गाउ“पालिकाका उम्मेदवारको टुंगो लगाएको हो ।
राप्रपा बाकेका अध्यक्ष नरेन्द्र पौडेलका अनुसार, डा. धवल समशेर राणा प्रमुख, रमारानी गुप्ता उपप्रमुख उम्मेदवार घोषणा गरेको राप्रपाले वडा नं. १ मा बलराम सुनार, २ मा मनोज कुमार श्रेष्ठ, ३ मा वारिस अली अन्सारी, ४ मा सफिक बेहना, ५ मा केफुल बरा अन्सारीको नाम अघि सारेको छ ।
रविन्द्र थापालाई वडा नं. ६ को वडा अध्यक्ष उम्मेदवार बनाएको राप्रपाले लक्ष्मीकुमार श्रेष्ठलाई ७, सुरेन्द्र गुप्ता ८, शान्ता बहादुर प्रधान ९, श्रवण कुमार श्रेष्ठ १०, मो. युनुस राई कवडिया ११, कृपाराम बर्मा १२, सुरेश सिंह ठाकुर १३, विजय बक्स चौधरी १४ र मदन विक्रम शाहलाई वडा नं. १५ को वडाध्यक्ष उम्मेदवार बनाइएको छ । ‘सबै वर्गलाई मिलाएर उम्मेदवारी दिइ“दैछ’, अध्यक्ष पौडेलले दैनिक नेपालगन्जसग भने ।
सफिउल्ला जोलाहा, रामगोपाल बर्मा, राजेन्द्रकुमार कुर्मी, धनराज कादु, नमराज सापकोटा, राजकुमारी नाउ, गुरुद्दिन अहिर र शोभाराम खटिक क्रमश वडा नं. १६ देखि २३ सम्मका वडाध्यक्ष उम्मेदवार छन् । राप्रपाले वैजनाथ नगरपालिकाका लागि तारामान कुवर प्रमुख र हरिमाया चौधरी उपप्रमुख उम्मेदवार घोषणा गरेको छ । त्यस्तै, डुडुवामा जानकीमा श्याम बहादुर थापा अध्यक्ष, तारावती कुर्मी उपाध्यक्ष लगायतका नाम राप्रपाले उम्मेदवारका रुपमा घोषणा गरेको छ ।