देबेन्द्र राज पौडेल/नेपालगन्जन्यूज
नेपालगन्ज स्थित नेपाल रेडक्रस सोसाइटीको क्षेत्रीय रक्तसञ्चार केन्द्र (ब्लड बैंक)मा रगतको मौज्दात सकिएको छ । उसैपनि गर्मीका बेला रगत अभाव हुने ब्लड बैंकमा संस्थागत रक्तदानको अभावले मौज्दात सकिएको हो ।
‘अहिले कुनै आपतकालीन घटना भैहाले रगत नपुगेर ठूलो समस्या पर्ने देखिएको छ’, रक्तदानका लागि सार्वजनिक अपिल गरेका ब्लड बैंकका क्षेत्रीय प्रमुख उपेन्द्र रेग्मीले दैनिक नेपालगन्जसग भने, ‘सञ्चारमाध्यमले सहयोग गरिदिनु पर्यो, संघ, संस्थाहरुले रक्तदान कार्यक्रम आयोजना गरिदिनु पर्यो ।’
मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रकै स्वास्थ्य उपचारको हबका रुपमा रहेको नेपालगन्जमा एउटा मात्रै ब्लड बैंक छ । ब्लड बैंकले आफ्नो फेसबुक पेज मार्फत पनि रगत मौज्दात कम भएको भन्दै स्वयंसेवी रक्तदातादेखि संस्थागत सम्मलाई रक्तदानका लागि आव्हान गरेको छ । ‘केही उपाय नलागेपछि मिडियादेखि सामाजिक सञ्जालसम्मबाट आव्हान गरिएको हो’, क्षेत्रीय प्रमुख रेग्मीले भने, ‘केही दिनमा चुनाव आउ“दैछ, कुनै घटना वा दुर्घटना भैहाल्यो भने आवश्यक पर्ने मौज्दात रगत छैन ।’
नेपालगन्ज स्थित ब्लड बैंकको कोहलपुर स्थित इकाइमा पनि रगतको मौज्दात अभाव छ । ‘रगत नपाएर हाम्रा घाइते छट्पटिइरहनु परेको छ’, पत्रकार महासंघ रोल्पाका संस्थापक अध्यक्ष काशिराम डा“गीले दैनिक नेपालगन्ज सग भने, ‘केही गरी दाता जुटाउन नसकेपछि रेडक्रस गुहारेका छौं ।’
ब्लड बैंकका प्रमुख रेग्मीका अनुसार, घाइते वा बिरामी जो कसैलाई रगत आवश्यक पर्दा आफन्त लिएर आउनु पर्ने बाध्यता भएको छ । ‘मौज्दात अभाव भएपछि विरामी वा घाइतेले रक्तदाता आफै लिएर आउनु पर्ने बाध्यता छ’, रेग्मीले संघ, संस्थाहरुले रक्तदान गरेर मौज्दातका लागि सहयोग नगरी नहुने अवस्था आएको छ ।’
रेग्मीका अनुसार, बर्षेनी गर्मीका बेला रगतको अभाव हुनेगर्छ । ‘तर, यस्तो अभावको स्थिति यसअघि थिएन’, रेग्मीले स्थानीय तह निर्वाचनका कारण संघ, संस्थाहरुले आफ्ना सार्वजनिक कार्यक्रमहरु घटाएका कारण यस्तो भएको अनुमान गर्दै भने । १० दिनअघि रेडक्रसकै बा“के बगिया उपशाखाले रक्तदान आयोजना गरेको थियो । ‘अब १४ गते राइजिङ्ग आइडल्सले रक्तदान आयोजना गर्ने जानकारी गराएको छ’, रेग्मीले त्यसअघि रक्तदानका कुनै कार्यक्रम नभएको जानकारी दिंदै भने, ‘जहा“, जसले जसरी सक्छ रक्तदानको आयोजना आवश्यक भएको छ ।’
जतिसुकै गर्मीको बेला पनि अघिल्ला बर्षहरुमा फट्टफुट्ट रक्तदान कार्यक्रमहरु आयोजना भैरहन्थे । कम्तिमा १ हजार पिन्ट रगत हरेक महिना आवश्यक पर्ने क्षेत्रीय रक्त सञ्चार केन्द्र नेपालगन्जमा ३ हजार पिन्ट सम्म मौज्दात क्षमता छ । ‘७/८ सय पिन्ट त मौज्दात हुनुपर्छ’, अहिले अत्यन्तै न्यून अवस्था भएको जनाउ“दै उनले भने, ‘एकाध पिन्ट पनि आवश्यक पर्दा रक्तदाता ल्याउनु पर्ने अवस्था देखिन थालेको छ ।’