बाँके : चुनाव केन्द्रित सुरक्षा

बाकेमा प्रहरीले निर्वाचन केन्द्रित सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि शनिबारदेखि निर्वाचन केन्द्रित सुरक्षा रणनीति कार्यान्वयनमा ल्याइएको हो ।

नियमित सुरक्षा व्यवस्थासगै आकस्मिक गस्ती, पेट्रोलिङ्ग, चेकजाच, सीमा क्षेत्रमा कडाई लगायतका विधिमा जोड दिएको प्रहरीले शंकास्पद हरेक गतिविधि माथि निगरानी र नियन्त्रणमा चासो दिएको छ । ‘सुरक्षा समन्वयदेखि सतर्कतासम्मका गतिविधिमा प्रहरी लागेको छ’, बाके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक टेक प्रसाद राईले आइतबार राती दैनिक नेपालगन्जसग भने, ‘सबैभन्दा ठूलो सुरक्षा चुनौति चिर्न हामी लागि परेका छौं ।’ प्रहरी उपरीक्षक राईले जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनमा निर्भयतापूर्वक मतदाताको मताधिकार सुनिश्चित गर्न कुनै कसर बाकी नराखिने गरी प्रहरी सक्रिय भएको दाबी गरे ।

प्रहरी पेट्रोलिङ्ग मोटरसाइकल देखि साइकल र पैदल समेत परिचालित छ । ‘सादा पोशाकमा उत्तिकै सुरक्षाकर्मी परिचालित छन्’, प्रहरी उपरीक्षक राईले भने, ‘खुला सीमाना बाट हुने सुरक्षा चुनौति कम गर्न काउन्टर पार्टस् सग अनौपचारिक वार्ता भैसकेको छ ।’ भारतीय सीमावर्ती क्षेत्रका सुरक्षा अधिकारीस“ग यसैसाता औपचारिक बैठक डाकेको बाके प्रशासनले सीमा क्षेत्र कडाईका लागि जोड दिएको छ ।

‘धार्मिक विद्वेष फैलन नदिन सबै धर्मका गुरुहरुसग पनि निरन्तर समन्वय बैठक भैरहेका छन्’, प्रहरी प्रमुख, प्रहरी उपरीक्षक राईले भने, ‘राजनीतिक दलहरुसग पनि उत्तिकै छलफल, परामर्शमा छौं ।’ दलहरुलाई आ–आफ्ना राजनीतिक कार्यक्रमहरु गर्दा प्रहरी प्रशासनस“गको समन्वयमा गर्न जोड दिइएको छ । ‘एउटै रुट र समय नपारेर कार्यक्रमहरु गर्न दलहरुले प्रतिबद्धता व्यक्त गर्नुभएको छ’, प्रहरी उपरीक्षक राईले निर्वाचन केन्द्रित सुरक्षा रणनीतिमा सबैको सहयोगको अपेक्षा गर्दै भने ।

प्रहरीको सुरक्षा रणनीतिसगै सशस्त्र प्रहरीले पनि आफ्नो नियमित र निर्वाचनसग जोडिएर गर्नुपर्ने सुरक्षा व्यवस्था मिलाएको प्रहरी उपरीक्षक राईले जानकारी दिए । सडक लगायतका औपचारिक सुरक्षामा म्यादी प्रहरी परिचालित गरेको निर्वाचन केन्द्रित सुरक्षामा आकस्मिक चेकजा“चहरुका लागि सुरक्षा केन्द्रित गरिएको देखिन्छ ।

यसैबीच, निर्वाचन सुरक्षालाई प्राथमिकतामा राखेर इजाजत प्राप्त बन्दुक फिर्ता मागेको स्थानीय प्रशासनले अटेरी गर्नेहरुलाई कारवाही सुरु गरेको छ । पटकपटक म्याद थप गरी बैशाखको तेस्रो सातासम्म समय दिंदा पनि अत्यन्तै न्यून मात्रामा बन्दुक संकलन भएपछि प्रशासनले प्रहरीलाई घरघरमै पुगेर बन्दुक बटुल्न लगाएको हो । दिएको म्याद भित्र १ सय २३ वटा मात्रै बन्दुक प्रहरी कार्यालयमा पुगेका थिए । ‘आइतबार मात्रै राधापुरबाट ३ वटा बन्दुक नियन्त्रणमा लिइएको छ’, बाके प्रहरीले दिएको जानकारी अनुसार, ५ सय ४८ वटा इजाजत प्राप्त बन्दुक संकलनका लागि प्रहरी घरघर पुगेको छ ।

‘हामीलाई थाहा छ को सग बन्दुक छ’, प्रहरी उपरीक्षक राईले अटेरी गर्नेलाई कारवाही हुने चेतावनी दिंदै भने, ‘मातहतका प्रहरी चौकीहरुलाई घरघरमै पुगेर बन्दुक नियन्त्रणमा लिने निर्देशन दिइएको छ ।’

प्रतिक्रिया

प्रतिक्रिया