खजुरा बन्याे नगरपालिका, बाँकेमा थपियाे एक गाउँपालिका

नेपालगन्जन्यूज । सरकारले बाँकेमा खजुरा सहित २ गाउँपालिकालार्इ नगरपालिका बनाउने निर्णय गरेकाे छ । यसैगरी   बाँकेमा थप एक गाउँपालिका थप्ने निर्णय गरेकाे छ । याे संगै बाँकेमा १ उपमहानगरपालिका, ३ नगरपालिका र ५ गाउँपालिका गरि ९ स्थानीय तह हुने भएका छन् ।

अाज अबेर साझ बसेकाे मन्त्रीपरिषद्काे बैठकले २२ स्थानीय तहहरू थप गर्ने र २४ गाउँपालिकालार्इ नगरपालिका बनाउने निर्णय गरेकाे हाे ।

यसैगरी बिराटनगर र वीरगन्ज महानगरपालिका बन्ने भएका छन् ।  याे संगै देशमा ६ महानगरपालिका हुने भएका छन् । दाेश्राे चरणकाे मतदान हुने  प्रदेश १,२, ५ र ७ का १९ जिल्लामा स्थानीय तह थप्ने निर्णय गरेकाे हाे । याे निर्णय संगै स्थानीय तहकाे संख्या ७ सय ६६ पुगेकाे छ ।

प्रतिक्रिया

प्रतिक्रिया