लोकनाथ शर्मा
बाकेको तापक्रम अहिले ४० डिग्रीको हाराहारीमा छ । अत्याधिक चर्को घाम र गर्मीका कारण मानिसहरु घरबाहिर निस्कनै चाह“दैनन् । विहानैदेखि लाग्ने चर्को घामले बाकेबासीलाई अत्याएको छ ।
तर, उखरमाउलो गर्मीको परवाह नगरी चुनाव प्रचारका समूहहरु विहानै देखि घरदैलोमा जारी राखेका छन् । प्रचारमा खटिएका पार्टीका नेता कार्यकर्तालाई गर्मीले कुनै असर नगरेको जस्तो देखिन्छ । उत्साहित देखिएका नेता, कार्यकर्ता जोशलाई गर्मीले कम गर्न सकेको छैन, बा“केमा ।
बाकेमा सबै पार्टीले सबै तहको उम्मेदवारी घोषणा गरिसकेका छैनन् । तर, प्रचारका कुनै पनि पार्टी कोही भन्दा कम देखिंदैन । सबै पार्टीले वडा वडामा प्रचार कार्यालय, निर्वाचन परिचालन कमिटि खोल्ने, गठन गर्ने क्रम जारी छ ।
पार्टीका झण्डा लिएर नारा लगाउदै माइकिङ्ग गर्दै हिडिरहेका नेता, कार्यकर्तालाई स्थानीयबासीको साथ झनै हौश्याएको छ । घोषित र सम्भावित उम्मेदवारहरुमा पार्टीका लागि मत माग्दै हिडिरहेका छन् । टिसर्ट, झण्डा, घोषणा पत्र तयार गर्ने, छाप्ने, बाड्ने क्रम जारी छ ।
‘हामी निरन्तर जनताको घरदैलोमा छौं’, नेकपा एमालेबाट डुडुवा गाउपालिकाका लागि प्रमुखका उम्मेदवार रहेका सकिल खानले भने, ‘हरेक दिन प्रचारमा जुटेका छौं ।’
‘पार्टीका लागि भोट मागिरहेका छौं’, पार्टी भित्र उम्मेदवारी दाबी गरिरहेका नेताहरु भन्छन्, ‘पार्टीलाई जिताउने अभियान हो ।’
मधेसवादी दलहरु पनि घरदैलो चुनावी अभियानमा लागि रहेका छन् । संविधान संशोधन भए निर्वाचन नत्र आन्दोलनको नारा दिएर उनीहरु पनि जनतामाझ पुगिरहेका छन् । ‘उम्मेदवार छनोटको कसरत पनि भित्र भित्रै भैरहेको छ’, मधेसवादी दलका एक नेताले भने, ‘निर्वाचनमा जाने हाम्रो इच्छा हो त्यसका लागि सरकारले वातावरण बनाउनु पर्यो ।’
(तस्वीर फेसबुक)